नेवाः पार्टी गठन

E-mail Print
(2 votes, average 3.00 out of 5)

काठमाडौँ, वैशाख १८- नेवाः जनअधिकार परिषद् पार्टीको हालै सम्पन्न प्रथम अधिवेशनले नरेन्द्र श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ।

पार्टीका उपाध्यक्षहरू मदनराम कर्माचार्य, यचु जोशी, राम ताम्राकार, नारायण चित्रकार र मञ्जु बज्राचार्य निर्वाचित भएका छन्। यसैगरी महासचिवमा विनोद रञ्जितकार, सचिवमा हरि तण्डुकार र कोषाध्यक्षमा पार्वती बज्राचार्य निर्विरोध निर्वाचित भएका छन्।

अधिवेशनले विभिन्न १३ वटा विभाग पनि गठन गरेको छ। सूचना तथा सञ्चार, युवा, महिला, व्यापार/व्यवसाय, बुद्धिजीवी, संस्कृति तथा साहित्य, आर्थिक, सङ्गठन, स्वास्थ्य, खेलकुद, विद्यार्थी, शिक्षक विभाग गठन गरिएको बताइएको छ।

जातीय अधिकारका लागि जातीय राजनीतिक पार्टी आवश्यक रहेको र नेवाः जातिको हकहित र अधिकार सुनिश्चित गर्न नेवाः पार्टी गठन गरेको पार्टीका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए।

पार्टीको सल्लाहकारमा सुरेश खड्गी नियुक्त भएको सूचना तथा सञ्चार विभाग सचिवालय प्रमुख सुविनकुमार श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता