नागरिककर्मीलाई सञ्चारिका प्रोत्साहन पुरस्कार

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, वैशाख १८ (नागरिक) संचारिका समूहले २०६८ सालको प्रोत्साहन पुरस्कार नागरिक दैनिकका पत्रकार रुवि रौनियारलाई प्रदान गरेको छ। छापा संचार माध्यममा रही रौनियारले पत्रकारिता क्षेत्रमा निर्वाह गरेको सक्रिया भूमिकाका लागि उनलाई पुरस्कृत गरिएको हो।

यस वर्षको संचारिका समानता पुरस्कार पत्रकार दिपक सापकोटालाई प्रदान गरिएको छ। सापकोटाले नयाँ पत्रिकामा भ्रुण हत्याबारे लेखेको फिचर समाचारका लागि उनलाई पुरस्कृत गरिएको हो। यस्तै यस वर्षको उमासिंह पत्रकारिता पुरस्कार लमजुङका पत्रकार प्रेम कुमारी घलेलाई दिइएको छ।

नयाँ कार्यसमित चयन गर्न भएको अधिवेशनले निर्मला शर्मालाई अध्यक्ष तथा सुचित्रा श्रेष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। १ सय ७१ सदस्य रहेको समूहमा अन्य पदका लागि भएको चुनावमा महासचिव नितु पण्डित, कोषाध्यक्ष बिमला तुङ्खेवा र सदस्यहरु अरुणा रायमाझी, बबिता खनाल, गीता मैनाली, निरा रानाभाट, यशोदा अधिकारी, निता सापकोटा, अस्मिता भण्डारी र धन लामा निर्वाचित भएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता