पुष्कर शाहले साइकलमा विश्व घुम्न हौंसाए : गोसालियन

E-mail Print
(0 votes, average 0 out of 5)
निर्मल घिमिरे, बर्दिया, वैशाख १९- नेपाललाई आफ्नै तरिकाले चिन्छन् विदेशी। कोही धार्मिक हिसाबले त कोही आरामदायी भ्रमणस्थलको रुपमा। पूर्वपश्चिम राजमार्गबाट हिँड्दा बीचमा पर्यटकीय क्षेत्र छ भन्ने भेउ नै पाइन्न। जंगलको बीचमा रहेको गाउँ छ भनी खोजेर पनि हिँड्दैनन्।
 

स्विजरल्यान्डका विश्व साइकल यात्री २३ वर्षीय गोसालियन भने बर्दिया निकुञ्जको मुख्य कार्यालय ठाकुरद्वारा आइपुगे। साइकलमा यात्रा पूरा नगर्दै नेपालका बारेमा जानकारी कसरी थाहा पाए त?

'गुगलमा साइकल यात्री सर्च गर्दा पुष्कर शाहसँग भेट भएको थियो,' उनले खुलाए, 'पुष्करसँग नेपालमा साइकल यात्राको मज्जा, हावापानी र बर्दिया राष्ट्रिय निकुञ्जबारे थाहा पाएँ।'

घुम्नका लागि नेपालजस्तो सुरक्षित अर्को ठाउँ नभेटेको उनले बताए। 'नेपाल यात्रा गर्न धेरै सुरक्षित छ,' ठाकुरद्वारास्थित प्याराडाइज पर्यटकीय होटलमा भेटिएका उनले भने, 'यसलाई ट्रेकिङ रुपमा विकास गर्नु पर्छ।'

फोटाग्राफीमा शौखिन उनले नेपालका विभिन्न ठाउँका फोटो संकलन गरेका छन्। नेपालका सबै ठाउँ घुम्न फेरि आउने योजना पनि बनाइसकेका छन्। 'पहिलो लक्ष्य विश्व साइकल यात्रा पूरा गरी फेरि नेपाल आउँछु,' उनले भने, 'दिनभरको हिँडाइ र बेलुकी पाइने न्यानो मायाले नेपाल बिर्सन सक्दिनँ।'

उनी पुष्करसँग इन्टरनेटमा सधैं गफिन्थे। 'मैले साइकलमा विश्व घुम्ने योजना बनाइरहँदा पुष्करले विश्वसाइकल यात्रा सकेको केही महिना मात्र भएको थियो,' उनले भने, 'जब मान्छेले देशको बारेमा सोच्न थाल्छ, उसले त्यसबाहेक केही सोच्दैन। सपना पूरा गर्न लागि तल्लीन हुन्छ।'

पुष्करलाई भेटेपछि उनले देशलाई चिनाउने र अन्य देशलाई नजिकैबाट चिन्ने लक्ष्य बनाए। अनि स्विजरल्यान्डबाट साइकलमा विश्व घुम्न निस्किए। स्विजरल्यान्डबाट साइकल यात्रा सुरु गरे, ८ महिनाअघि। १४ देशको साइकल भ्रमण भ्याएर अप्रिल २५ मा साइकलसँगै काठमाडौं ओर्लिए। नेपाल आएको एक साता भयो। यात्राको क्रममा शनिबार पूर्व पश्चिम राजमार्गदेखि १५ किलोमिटर पश्चिम रहेको पर्यटकीयले क्षेत्र ठाकुरद्वारा पुगेका हुन्।

'बाटोमा सोझा गाउँले भेटिए,' गोसालियनले सुनाए, 'बाटोमा देखिने पहाड र हिमालले मनै लोभ्यायो।' नेपाल आफूले सोचेभन्दा सुन्दर भएको उनले सुनाए। उनको बुधबार नेपालको साइकल यात्रा सकिन्छ। त्यसपछि उनको यात्रा भारततिर सोझिनेछ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता