बालबालिकालाई कारबाही होइन, सुध्रने मौका

E-mail Print
(0 votes, average 0 out of 5)
चाँदनी हमाल, चितवन, वैशाख १९- 'प्रहरीले अपराधमा संलग्न वयस्क, बालक सबैलाई पक्रेर हिरासतमा राख्छ,' अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रहरी नायब निरीक्षक उमाशंकर गुप्ताले भने, 'तर, बालबालिकाका हकमा कानुनलाई व्यावहारिक बनाउनुपर्ने बेला भएको छ। उनीहरूलाई सजायले होइन, मायाले सुधार्नुपर्छ।'
 

अरुको उक्साहट वा बाध्यताले अपराध गर्न पुगेका बालबालिकालाई सजायको सट्टा सुधि्रने मौका दिनुपर्ने नारायणगढमा आयोजित एक कार्यक्रममा सहभागी मध्यक्षेत्रका ३० प्रहरी अधिकारीले जोड दिए। 'कानुनमा त व्यवस्था थियो, व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने थाहा थिएन,' मकवानपुर प्रहरी महिला सेलमा कार्यरत लालुमाया श्रेष्ठले भनिन्, 'हप्काइ दप्काइ गरेर फेरि अपराधमै फर्काउनुभन्दा मायाले सुधार गर्नुपर्ने रहेछ।' अपराध गरेको आरोपमा
'कानुनमा जति गर्नुपर्छ भनेर थाहा थियो त्यो भन्दा धेरै हदसम्म प्रहरीले बालबालिकालाई व्यवहार गर्न जानेकै रैनछ जिल्ला प्रहरी कार्यालय चितवनकी बिनिता दुलालले थपिन भित्रल्याएपछि पिट्छ भन्ने मानसिकताबाट अब बालिकाबालिकाले मुक्ति पाउनेछन्। '
उनीजस्तै सिराहामा प्रहरी सत्यनारायण यादव पनि नेपाली समाजलाई परिवर्तन गर्न न्यायिक क्षेत्रमा परिवर्तन हुनु आवश्यक रहेको औंल्याउनछन्। 'म त घरबाटै शुरु गर्छु बालन्याय सानो कुरा हैन रहेछ उनी भन्छन् ठूलाको सानो गल्तीले बालबालिको भविष्य अध्यारो पारिएको रहेछ। '
उनले यसो भनिरहदा प्रहरी प्रधान कार्यालय काठमाण्डौको महिला तथा बालबालिका विभागका प्रहरी नायब निरिक्षक बालबालिकालाई न्याय दिन अब जिल्ला जिल्लाबाटै पहल हुने बताउछन्। हरेक दिन नजानिदो रुपले अपराधतर्फ धकेलिईरहेका बालबालिकाको सुरक्षागर्न कानुनतको तल्लो निकायबाटै शुरुवात हुनुपर्ने उनले बताए।
'जब बालकको पहिलो भेट प्रहरीसँग हुन्छ त्यसैबेलादेखि नै उसको मनोविज्ञान अपराधबाट सभ्य समाजमा फर्काउन प्रहरीले भुमिका खेल्न सक्छ ,उनी प्रहरी तालिमका बारेमा भन्छन बालईजलास भएका जिल्लामा थप अनुसन्धान हुन्छन भने अन्यत्र बाल न्याय छरितो बनाउने प्रयास केन्द्रले गर्नेछ। '
कुट्ने,पिट्ने र यातना दिएर ठूलालाई जस्तै जेलहाल्ने परिपाटीमा अझै सुधार ल्याउन पनि जिल्लास्तरमा कार्यरत प्रहरीलाई बालन्याय सम्बन्धी तालिमले सहयोग गर्ने उनले बताए।
'बालन्याय सही हो वा गलत पहिले आफ्नो बच्चाबाटै शुरु गर्नुस चितवनका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले सुझाव दिदै भने कलिला मानसिकतालाई थर्ड डिग्रीले हैन मानवअधिकारको घेरबाट उपचार गरौ। '
चितवनका प्रहरी प्रमुख भुपालकुमार भण्डारीले अपराध गर्ने सरी मनसाय नहुदा पनि पिडक बनेर बालबालिकाले भविष्य गुमाउनु परेको उल्लेख गरे। 'बालबालिका विरुद्धको अपराध भए न्याय कसरी दिलाउने भन्नेमा हरेक प्रहरी सचेत हुनु आवश्यक छ ,उनले भने। 'उमेरका आधामा सजाय गर्ने चलन रहेको नेपाली कानुन अनुसार ठिक पार्न उमेर बढाएर पनि कतिपय कारबाही भएको भन्दै त्यस्ता गतिविधी रोक्नुपर्ने सुझाए।
बालबालिकालाई अपराधमा प्रयोग गर्ने गिरोह सक्रिय रहेकाले तिनीहरुबाट बालबालिकालाई टाढा राख्न स्थानिय संघसंस्थासँग मिलेर कामगर्नुपर्नेमा युनिसेफकि मध्यतथा पश्चिमाञ्चल संयोजक बिमला मानन्धरले प्रहरी अधिकारीलाई आग्रह गरिन। प्रहरीप्रधानकार्यालय र युनिसेफको संयुक्त संयोजनमा बालबालिकालाई न्यायदिने विषयमा मध्यक्षेत्रका प्रहरीअधिकृतहरुलाई तालिम दिइएको थियो। तालिममा न्यायधिस,प्रहरी उच्च अधिकृत,समाजीक कार्यकर्ताहरुले बालन्यायका विषयमा प्रहरीअधिकृतहरुलाई प्रष्ट्याएका थिए। नेपालमा २०४८ सालमा बालन्याय सम्बन्धी कानुनको बहस थालनी भएपनि २०६३ देखि मात्र बालन्याय कार्यविधी पालनामा आएको छ। तर त्यसको व्यवहारिक कार्यान्यवयन फितलो हुँदा बालबालिका अपराधमा फस्ने क्रम नरोकिएको कानुनविद्हरु बताउँछन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता