'साहुको ऋण तिर्न जग्गा बेच्न नपर्ने भो'

E-mail Print
(0 votes, average 0 out of 5)
दिलीप पौडेल, बाग्लुङ, वैशाख १९- पति विदेश जाँदा लागेको ऋण तिर्न जग्गा बेच्ने अवस्थामा पुगेकी जिल्लाको छिस्ती-१, की बालिका शर्माले अव घरजग्गा बेच्न नपर्ने भएको छ। बालबच्चाको पालन पोषण गर्न कतार पुगेका पति लिलाराज पौडेलको उतै मृत्यु भएपछि शर्मा जग्गा बेचेर ऋण तिर्ने योजनामा थिइन्।
 

सन् २००९ जुन ३० मा दोहाको पर्सियन सागरमा पानीजहाज दुर्घटना हुँदा पतिको दुर्घटनामा मुत्यु भएपछि कतार जाँदा लगेको साहुको ऋण तिर्न सकेकी थिईनन्। निम्न आर्थिक अवस्था कमजोर भएकी शर्मालाई दैनिक घर व्यवहार चलाउन हम्मे थियो। ' धन कमाउन विदेश गएका श्रीमानले पठाएको रकम आउला भन्दा शव आएको थियो,' शर्माले भनिन्,' त्यसपछि ज्यालादारी गरेर बालबच्चा पालेपनि ऋण तिर्न सकिन।'

बालिकाले सोमबार जिल्ला प्रशासन कार्यालय,बाग्लुङबाट ३३ लाख २८ हजार ४सय ७७ रुपैयाँ रकम बुझिन्। परराष्ट्र मन्त्रालय मार्फत आएको रकम मृतककी श्रीमतिलाई बुझाएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए। ' लिलाराजको मृत्यु भएकोले क्षतिपुर्तीको रकम उनकी श्रीमतिलाई हस्तान्त्रण गर्‍यौँ,' प्रजिअ पन्तले भने।

सोमबार रकम बुझ्दा बालिका निकै भावुक देखिएपनि रकम बुझेपछि संवाददातसँग आफ्नो पीडा पोख्दै भनिन्,' ऋण तिर्न अव जग्गा बेच्न नपर्ने भो।' 'तीन बर्षसम्म रकम नआउँदा निकै चिन्ता लागेको थियो,' उनले भनिन्,' पाएको रकमले पहिला श्रीमान् विदेश जाँदाको ऋण तिर्छु।' उनले प्राप्त गरेको रकम अहिले नेपाल वैंक लिमिटेड,बाग्लुङमा खाता खोलेर राखेकी थिइन्।

कतारको पुनरावेदन अदालतले कम्पनीको विरुद्ध दायर मुद्दामा जनही ४०लाख रुपैयाँ( कतारी रियाल २ लाख) दिने फैसला गरेपछि परराष्ट्र मन्त्रालय मार्फत रकम आएको हो। कतारको पुनरावेदन अदालतले फैसला गरेको करिव १० महिनापछि कतारमा रहेको नेपाली दुतावास मार्फत रकम आएपछि मृतकका आफन्तलाई राहात पुगेको छ।

पतिको मृत्युपछि उनले आफ्ना छोराछोरीलाई निजी विद्यालयबाट निकालेर सरकारीविद्यालयमा भर्ना गरेकी थिइन्। उनकी छोरी मिना कक्षा ७ , ठुलो छोरा शिव ६ र सानो छोरा नारायणले पाँच कक्षामा अध्ययन गर्छन्। 'अब यो रकमले छोराछोरीलाई राम्रोसँग पढाउँछु,' उनले भनिन्,' केही रकमबाट जग्गा जमिन किन्छु।'

पौडेलसँगै दुर्घटनामा मृत्यु हुनेपर्वतका शर्मा सहित फेटा-८, बाराका मेहदी हुसेन मिया, कठकुजा-१ बांकेका अव्वास अहमद सई, दिभर्ना-३ अर्घाखांचीका मानसिंह खत्री, हापुरे-२ दाङका शंकर विष्ट, जौलीपोखरी-८ रोल्पाका जयबहादुर पुन मगर, हप्सेकोट-८ नवलपरासीका घनश्याम सार्की, वगडा-६ महोत्तरीका शेषनाथ यादव गुम्दी-५ धादिङका गंगाबहादुर गुरुङ, गैडाकोट-१ पाल्पाका तिलकबहादुर खम्चा ,सुगाभवानी-५, महोत्तरीका राजीवकुमार दत्तलेपनि जनही ३३ लाख २८ हजार ४सय ७७ रुपैयाँ पाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कम्पनीले मृतकका प्रति परिवार २ लाख कतारी रियल दिएको भएपनि मुद्दा लड्दा लागेको खर्च कटाएर सो रकम पाएका हुन्। पीडितको तर्फबाट कतारका अधिवक्ता मोना अब्दिल रहिमले अदालतमा मुद्दा लडेकी थिईन्। सो मुद्दामा मृतक कार्यरत कम्पनीले रकम दिएपनि कामदार सवार पानी जहाज कम्पनीले विमा बापतको रकम दिएको छैन। कतारमा रहेको नेपाली दुतवासले पानी जहाज कम्पनी विरुद्ध मुद्दा दायर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता