अनुमतिबिनै यात्रु प्रतीक्षालय

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं, वैशाख १९ (नागरिक)- राजधानीको सुन्धारा, भद्रकाली, पुरानो बसपार्कलगायत ठाउँमा सडक विभागको अनुमति नै नलिई यात्रु प्रतीक्षालय निर्माण भइरहेको छ। मुख्य सडकमा प्रतीक्षालय बनाउँदा विभागको अनिवार्य स्वीकृति लिनुपर्नेमा थुप्रै कम्पनीले जानकारीसम्म दिएका छैनन्। यस्तो संरचना बनाउँदा कम्पनीले त्यसमा राखिने विज्ञापन शुल्क र उक्त विज्ञापन कति वर्षलाई दिनेलगायत विवरण खुलाएर सडक विभागसँग अनुमति लिनुपर्ने प्रावधान छ। 

 
'अहिलेसम्म कुनै कम्पनी स्वीकृति लिन आएका छैनन्,' सडक विभाग, ट्राफिक युनिट प्रमुख चन्द्र सुवेदीले नागरिकसँग भने। बिनाअनमुति बनेका यस्ता संरचना स्वतः गैरकानुनी भएको विभागले जनाएको छ।
करिब तीन महिनाअघि रामशाहपथमा सोलार बसस्टप बनाएको साइन एक्जिबिटले भने काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीसँग स्वीकृति लिएको बताएको छ। 'हामीले ट्राफिक प्रहरी र महानगरपालिकाको वातावरण शाखाको स्वीकृति लिएका छौं,' साइन एक्जिबिटका निर्देशक रवि तण्डुकारले भने। विज्ञापनको राजस्वसमेत तिरिरहेको उनले बताए।
उनका अनुसार महानगरपालिकाले उपत्यकाका झन्डै ३८ ठाउँमा सोलार यात्रु प्रतीक्षालय बनाउन स्वीकृति दिइसकेको छ। सुन्धारा, भद्रकालीलगायत ९ ठाउँमा नयाँ निर्माण गर्न पोल गाडिसकेको उनले बताए।
काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरी भने आफू संलग्न नभएको भन्दै पन्छिएका छन्। 'यी सडक सबै सडक विभागअन्तर्गत रहेकाले यसमा यात्रु प्रतीक्षालय वा अन्य भौतिक संरचना बनाउन महानगरपालिकाले स्वीकृति दिन्छ भन्नु नै गलत हो,' महानगरका प्रशासन अधिकृत महेश काफ्लेले भने, 'हाम्रो काम भनेको विज्ञापनको राजस्व लिने र सरकारले गरेको काममा मद्दत गर्ने मात्र हो।'
उनले सडकमा महानगरपालिकाले काम गर्दासमेत सडक विभागकै स्वीकृति लिनुपर्ने बताए। महानगरपालिकाले अहिलेसम्म त्रिपुरेश्वरको भिएस निकेतन स्कुलअगाडि र थापाथलीमा बनेको यात्रु प्रतिक्षालयमा मात्र सघाउ पुर्‍याएको उनले जनाए।
महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले सडक विभाग, ट्राफिक र महानगरपालिका बसेर यस्तो विषयमा निर्णय गर्नुपर्ने भए पनि धेरैजसो ट्राफिकबाटै भइरहेको बताए। 'कतिपय ठाउँमा ट्राफिकबाट स्वीकृति लिएकै भरमा यात्रु प्रतीक्षालय बनेको पाइएको छ,' उनले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख गणेश राईले भने ट्राफिकको अनुमतिमा यात्रु प्रतीक्षालय बनाएको भन्नु गलत भएको टिप्पणी गरे। 'सबै काम गर्ने महानगरपालिकाले हो,' उनले भने, 'हामीले दिने भनेको रायसुझाव मात्र हो, कसैले ट्राफिकको अनुमतिमा गरेको हो भन्नु गलत हो।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता