अर्को 'मिसन'मा जुट्दै पुलिस

E-mail Print
(0 votes, average 0 out of 5)
प्रकाश तिमल्सिना, काठमाडौं, वैशाख १९- ब्रिटिस गोर्खा कप जित्ने मिसन पूरा गरेलगत्तै नेपाल पुलिस क्लब अर्को मिसनलाई बुधबार कम्बोडिया जाँदैछ। एएफसी प्रेसिडेन्ट्स कपको समूह चरण खेल्न पुलिस त्यसतर्फ जान लागेको हो। शनिबार पुलिसले पहिलोपटक घरेलु फुटबलकै सर्वाधिक पुरस्कार राशिको नकआउट उपाधि जितेको थियो। 
 
तेस्रो ब्रिटिस सुरुआतमै प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भनेका थिए, 'हामीले ब्रिटिस कप जितेका छैनौं। यो जित्नु हाम्रा लागि आवश्यक छ।' नभन्दै उनको टोलीले ब्रिटिस कप जितिछाड्यो।

ब्रिटिस गोर्खा कपको लक्ष्य पूरा गरेलगत्तै टोली नयाँ मिसनमा जुटिसकेको छ। राष्ट्रिय लिग विजेताको हैसियतमा पुलिस प्रेसिडेन्ट्स कप खेल्न जाँदैछ। पछिल्लो ६ वर्षमा पुलिसको यो पाँचौं सहभागिता हो। एकसमय थियो, देशभित्र पुलिस नकआउटमा सफल मानिन्थ्यो, तर लिगमा कमजोर। २०६० बाट लिग खेल्न थाले पनि पुलिसले सुरुका तीन वर्ष लिग जित्न सकेन। जब २०६३ मा श्रेष्ठले टोलीको 'कमान' सम्हाले पुलिस नकआउटमात्र होइन, लिगमा पनि सफल बन्दै गयो। उनले नेतृत्व लिएसँगै अन्य टोलीलाई पछाडि पादै लिग उपाधिमा पुलिसले ह्याटि्रक नै गर्‍यो। गतवर्ष सुरु भएको राष्ट्रिय लिगमा पनि पुलिसै च्याम्पियन बन्यो।

यसबीचमा नकआउट फुटबलमा भने पुलिसको दाबेदारी केही कमजोर बन्न रह्यो। २०६६ को अन्त्यतिर झापाको बिर्तामोडमा सहिद स्मृति कप जितेयता टोलीले हरेकखाले नकआउटमा हार बेहोर्‍यो। यसपटक सिजनकै सुरुआतमा ब्रिटिस कप जितेर पुलिसले नकआउटमा पुनः आफूलाई उत्कृष्ट साबित गरेको छ। यो जितले प्रेसिडेन्ट्स कपलाई टोलीको मनोबल बढाएको अनुभव सुनाउँछन् सहायक प्रशिक्षक हरि खड्का।
'पछिल्लो समय हामीले घरेलु नकआउट फुटबलमा त्यति राम्रो गर्न सकेका थिएनौं,' खड्काले भने, 'अहिले आएर प्रतिष्ठित ब्रिटिस गोर्खा कप जित्नाले टोलीको मनोबल बढेको छ। प्रेसिडेन्ट्स कपको छनोट चरण पार गर्नेमा हामी विश्वस्त छौं।'

ब्रिटिस कपअघि घरेलु फुटबलको नकआउटमा जस्तै प्रेसिडेन्ट्स कपका पछिल्लो दुई संस्करण (सन् २००९, २०११) मा पुलिसको प्रदर्शन सन्तोषजनक छैन। काठमाडौंमा भएका दुवै संस्करणको छनोट चरणमा पुलिस अघि बढ्न सकेन। तथापि प्रेसिडेन्ट्स कपमा पुलिस नै नेपालको सफल टोली पनि हो।
सन् २००७ मा पहिलोपटक प्रेसिडेन्ट्स कप खेल्दा नै पुलिस फाइनलसम्म पुगेको थियो। २००८ मा पनि टोली सेमिफाइनल पुग्यो। फाइनल पुग्ने पुलिस एक्लो नेपाली क्लब हो। पुलिसबाहेक सेमिफाइनल पुग्ने अर्को नेपाली टोली मेगा थ्री स्टार मात्रै हो। प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गर्ने नेपालका चार क्लबमध्ये लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र न्युरोड टिम (एनआरटी) पहिलो चरणबाटै बाहिरिएका थिए।
प्रेसिडेन्ट्स कपमा पुलिस घरेलु मैदानभन्दा विदेश भूमिमा बढी सफल हुँदै आएको छ। दशरथ रंगशालामा दुईपटक छनोट चरण खेले पनि टोली अघि बढ्न सकेन। पाकिस्तानमा २००७ को प्रेसिडेन्ट्स कपको फाइनल पुगेको पुलिस अर्को वर्ष मलेसियामा छनोट चरण पार गर्न सफल भयो।

फेरि डोर्डोइ
मोसफलका विभिन्न नकआउट र ब्रिटिस गोर्खा कपको सहभागिताका कारण पुलिसले समयाभावका कारण प्रेसिडेन्ट्स कपलाई छुट्टै प्रशिक्षण अवसर पाएको छैन। यद्यपि लगातारको प्रतियोगिताले खेल अभ्यास भने पर्याप्त पाएको छ। त्यसैले प्रेसिडेन्ट्स कपका लागि तयारीभन्दा पनि प्रशिक्षक श्रेष्ठले 'मेन्टिनेन्स' लाई ध्यान दिएका छन्। 'समय कम छ। भर्खर ब्रिटिस कप सकियो। कतिपय खेलाडी खेल्ने अवस्थामा छैनन्,' उनले भने, 'त्यसैले अहिले हामी मेन्टिनेन्समा ध्यान दिइरहेका छौं।'
त्यस बाबजुद पनि पुलिस समूह चरणबाट अघि बढ्नेमा प्रशिक्षक श्रेष्ठ आशावादी छन्। 'एउटा समूहबाट दुई टोली छनोट हुने भएकाले हाम्रो सम्भावना छ,' उनले भने,'हेरौं, कस्तो नतिजा आउँछ।' उनले समूहमा रहेको डोर्डोइ डाइनामो अन्यभन्दा बलियो रहेको बताए। 'डोर्डोइ अरुभन्दा बलियो छ, उक्त (पहिलो) खेलमा बराबरी गर्न सक्यौं भने हामी छनोट हुन्छौं,' श्रेष्ठले दाबी गरे। दुईपटकको विजेता डोर्डोइले अघिल्लो संस्करणबाहेक सबै फाइनल खेलेको छ। पुलिसले डोर्डोइसँग २००७ को फाइनलसहित तीनै खेल हारेको छ। समूहको अर्को टोली आयोजक कम्बोडियाको नोम फेन पनि गतवर्ष फाइनल पुगेको टोली हो। नोम फेनका बारेमा श्रेष्ठले जानकारी नभएकाले भन्न नसकिए पनि भुटानको यङजिनलाई भने हराउन सकिने सम्भावना रहेको बताए।
पछिल्लो दुईवर्षको निराशजनक नतिजा यसपटक फेरिन सक्नेमा उनी आशावादी छन्। एउटा क्लबमात्र छनोट हुने भए अलि गाह्रो हुन्थ्यो,' श्रेष्ठले आशा गर्दै भने, 'यसपटक दुईवटा भएकाले हामी छनोट हुने सम्भावना छ।'

भरतले पुलिस छोडे
पुलिसलाई राष्ट्रिय र ए डिभिजन लिग जिताउन महŒवपूर्ण भूमिका खेलेका भरत खवासले क्लब छोडेका छन्। प्रहरी सहायक निरीक्षक (असई) उत्तीर्ण नभएसँगै उनले पुलिस छोड्ने निर्णय लिएका हुन्। 'असईको रिजल्ट कुरेको थिएँ। सफल भइनँ,' भरतले भने, 'अब केही दिनमा कुन क्लब जाने टुंगो लाग्छ।' नतिजा पर्खेकै कारण उनले ब्रिटिस कप खेलेनन्।
राष्ट्रिय टोलीका मिडफिल्डर भरत गतवर्ष पुलिसमा आबद्ध भएका थिए। लिगका १७ मध्ये १६ खेल खेल्दै भरतले १४ गोल गरेका थिए। अर्को महिना काठमाडौंमा हुने एएफसी यु-२२ एसिया कप समूह चरणको तयारीलाई भरत पनि प्रशिक्षणमा सामेल छन्।

पुलिसको खेल

वैशाख २३ विरुद्ध र्डोडोइ डाइनामो (किर्गिस्तान )
वैशाख २५ विरुद्ध नोम फेन क्राउन एफसी (कम्बोडिया)
वैशाख २७ यडजिन एफसी (भुटान)

पुलिस टोली
रितेश थापा (गोलकिपर), विशाल श्रेष्ठ, राकेश श्रेष्ठ, दीपेन्द्र पौडेल, सुरज बिक, रविन श्रेष्ठ, सुमन सुवेदी, पर्वत पाण्डे, रमेशकुमार राई, रमेश कटुवाल, भोला सिलवाल, योगेश श्रेष्ठ, जुमानु राई, पंकजबहादुर शाही, रोशन कार्की, भरत शाह, दिलीप राई , रुपेशकुमार चौधरी।
प्रशिक्षक - विराटकृष्ण श्रेष्ठ
सहायक प्रशिक्षक - हरि खड्का

 

पहिलो प्रेसिडेन्ट्स कप थ्री स्टार २००५ सेमिफानल
दोस्रो प्रेसिडेन्ट्स कप मनाङ मर्स्याङ्दी २००६ समूह चरण
छैटौं प्रेसिडेन्ट्स कप एनआरटी २०१० समूह चरण

प्रेसिडेन्ट्स कपमा पुलिसको प्रदर्शन

तेस्रो प्रेसिडेन्टस कप, पाकिस्तान-२००७
समूह चरण
विरुद्ध टाटुङ क्लब (चाइनिज ताइपेइ) ०-०
विरुद्ध डोर्डोइ डाइनामो (किर्गिस्तान) ३-०
विरुद्ध खेमारा क्लब (कम्बोडिया) ४-६

सेमीफाइनल

विरुद्ध रेगर ताडाज (ताजकिस्तान) १-२

फाइनल

विरुद्ध डोर्डोइ डाइनामो (किर्गिस्तान) विरूद्ध २-१


चौथो प्रेसिडेन्ट कप, मलेसिया-२००८

समूह चरण
विरुद्ध अबानी लिमिटेड (बंगलादेश) ०-४
विरुद्ध वाप्डा (पाकिस्तान) १-१
रेगर ताडाज (ताजकिस्तान) २-२

सेमिफाइनल, कीर्गिस्तान
विरुद्ध डोर्डोइ डाइनामो (कीर्गिस्तान) ३-१


पाँचौं प्रेसिडेन्ट्स कप २००९ ( मे १४-१८)
छनोट चरण काठमाडौं
विरुद्ध ताइवान पावर कम्पनी (ताइपे) ३-२
पाकिस्तान वाप्ड (पाकिस्तान) ०-०
रेजर टाडाज (ताजकिस्तान) २-२

सातौं प्रेसिडेन्ट्स कप २०११
वाप्डा (पाकिस्तान) २-०
एफसी निबिच्ची (ताजकिस्तान) २-०
ताइवाइन पावर कम्पनी ( चाइनिज ताइपे) १-०

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता