बम विस्फोटको एमाले र कङ्ग्रेसद्वारा भर्त्सना

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, वैशाख १८- नेकपा (एमाले) ले जनकपुरधामको रामानन्द चोकमा पाँचजना निर्दोष जनताको ज्यान जाने गरी गराइएको बम विस्फोटन र गएराति नेकपा (एमाले) अञ्चल पार्टी कार्यालय, जनकपुरधाममा गराइएको बम विस्फोटनको निन्दा एवम् भर्त्सना गरेको छ।

पार्टीद्वारा आज जारी विज्ञप्तिमा सङ्क्रमणकालबाट गलत फाइदा उठाउने, देशको अग्रगति नचाहने अविलम्ब घटनाका दोषीहरुको पहिचान गरी कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति अविलम्ब प्रदान गर्न सरकारसँग माग गरिएको छ।

शान्ति प्रक्रियाको महत्वपूर्ण काम सम्पन्न भएको र संविधान निर्माणमा महत्वपूर्ण सहमति कायम भइरहेको अवस्थामा शान्तिसुरक्षा र अमनचयनलाई खलल पुर्‍याउने उद्देश्यले सो घटना गराएको विज्ञप्तिमा जनाइएको छ।

त्यसैगरी नेपाली काँग्रेसले धनुषा जिल्ला जनकपुर नगरपालिकाको रामानन्द चोकमा आज बिहान आपराधिक समूहले राखेको बम विस्फोटन भएकोमा सो कायरतापूर्ण र मानवताविरोधी घटनाको घोर निन्दा र भर्त्सना गरेको छ।

पार्टीद्वारा आज जारी प्रेस विज्ञप्तिमा घटनामा संलग्न अपराधिहरुको यथाशीघ्र खोजी गरी उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न, आम नागरिकमा शान्तिसुरक्षाको प्रत्याभूति गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको सम्पूर्ण उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।

पार्टीले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता