यु-२२ एसिया कपका लागि ४८ खेलाडी प्रारम्भिक छनोटमा

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, वैशाख १९ (नागरिक)- अर्को महिना काठमाडौंमा हुने एएफसी यु-२२ एसिया कप छनोटलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४८ खेलाडी प्रारम्भिक छनोटमा बोलाएको छ। प्रशिक्षण सोमबार सुरु भयो। प्रशिक्षणमा डाकिएकामध्ये सबैभन्दा बढी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीबाट ९ र यती हिमालयन शेर्पाबाट ७ खेलाडी छन्।
 
मनाङ र हिमालयन दुवै शनिबार सम्पन्न ब्रिटिस कप सेमिफाइनल पुगेका थिए। त्यस्तै एनआरटीबाट ५, मेगा थ्री स्टार र बौद्धबाट ४-४, जी'फाइभ मच्छिन्द्र, आरसिटी, फ्रेन्ड्सबाट समान ३ खेलाडी छानिएका छन्। मध्यपुरबाट २, ब्रिटिस कप च्याम्पियन पुलिस, आई लिग क्लब एचएएल, महिन्द्रा बाँसबारी तथा सामसुङ जावलाखेलबाट १-१ छनोटमा परेका छन्। ब्रिटिस कप नखेलेका चार खेलाडी भरत खवास, जगजित श्रेष्ठ, निराजन मल्ल र दीपक भुसाल पनि छनोटमा बोलाइएका छन्।
यु-२२ का प्रशिक्षक कृष्ण थापाले अर्को साता दोस्रो चरणमा ३० खेलाडी प्रशिक्षण राखिने बताए। 'यो साताभर प्रदर्शन हेर्छौं र अर्को साता दोस्रो चरण छनोट गर्छौं,' उनले भने, 'प्रतियोगिताको १० दिनअघि अन्तिम छनोट गर्नेछौं। '
जेठ २० देखि २८ सम्म हुने यु-२२ छनोटमा नेपालले बंगलादेश, उज्वेकिस्तान, जोर्डन र यमनसँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टोली अन्तिम चरणलाई छनोट हुने छन्।

हरि सहायक प्रशिक्षक
एन्फाले राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्कालाई यु-२२ को सहायक प्रशिक्षक नियुक्त गरेको छ। एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले हरिलाई सहायक प्रशिक्षक नियुक्त दिएको जानकारी दिँदै भने, 'युवा प्रशिक्षकलाई 'एक्स्पोजर' दिने उद्देश्यअनुरुप यो निर्णय लिइएको हो।' हरिले गतवर्ष बी लाइसेन्स पनि उत्तीर्ण गरेका थिए।
यु-२२को मुख्य प्रशिक्षकमा कृष्ण थापा छन् भने एन्फाले टोली नेता एन्फाका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, व्यवस्थापक मधुसूदन उपाध्याय र फिजियो नवल गुरुङ तोकेको छ।
हरिले यसलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताए। 'पहिलोपटक सहायक प्रशिक्षकको जिम्मेवारी पाएको छु। यो मेरा लागि ठूलो अवसर हो,' उनले भने, 'म कुनै न कुनै रूपमा फुटबलमा रहन चाहन्छु। त्यसलाई एन्फाले सम्मान गरेको छ। म आफ्नो तर्फबाट जतिसक्दो राम्रो काम गर्नेछु।'
कृष्ण थापाजस्ता सिनियर प्रशिक्षकको सहायक भएर काम गर्ने अवसरले आफूले धेरै सिक्न पाउने उनको अपेक्षा छ। 'आफूले खेल्नु र सिकाउनु दुई अलग पाटा हुन्। मैले पनि धेरै सिक्न बाँकी छ,' उनले थपे 'त्यसैले यो मेरो लागि अवसर हो। कृष्ण (थापा) दाइसँग काम गर्दा अझै धेरै सिक्ने मौका मिल्नेछ।'
श्रीलंकामा सन् १९९४ सार्क ब्रिटल गोल्डकपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका पूर्वस्ट्राइकर हरिले अन्तिमपटक २००६ को एएफसी च्यालेन्ज कप खेलेका थिए। १२ वर्ष लामो खेलजीवनमा उनले राष्ट्रिय टोलीबाट निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गरेका छन्।
एन्फाले सन् २००७ को ओलम्पिक छनोटमा एकैपटक पूर्वकप्तानद्वय उपेन्द्रमान सिंह र बालगोपाल महर्जनलाई राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको थियो।

प्रारम्भिक छनोटका खेलाडी
गोलकिपर - विशाल श्रेष्ठ (मनाङ), विकेश कुथु (मध्यपुर), अमृत चौधरी (हिमालयन), रञ्जित गुरुङ (बौद्ध), दिनेश थापा (मच्छिन्द्र)

रक्षक - दीपक गुरुङ (फ्रेन्ड्स), अजित भण्डारी (बौद्ध), मानबहादुर तामाङ (बौद्ध), बुद्ध लामा (बौद्ध), निरज रेमीमगर (आरसिटी), सौरभ मगर (मच्छिन्द्र), रविन श्रेष्ठ (पुलिस), पाल्साङ लामा (हिमालयन), सविन्द्र श्रेष्ठ (मनाङ), गणेश थापामगर (मनाङ), प्रविण सैंजु (एनआरटी), नरेश पोखरेल (मध्यपुर), रवि थापा (थ्री स्टार), दीपक भुसाल (क्लबविहीन), रोहित चन्द (भारत, एचएएल), दिलबहादुर तामाङ (बाँसबारी)

मिडफिल्ड- दिनेश कार्की (हिमालयन), गणेश खड्का (हिमालयन), रुपेश केसी (हिमालयन), अमिर श्रेष्ठ (मनाङ), शिव श्रेष्ठ (मनाङ), सुलभ मास्के (मनाड), रोशन लामिछाने (एनआरटी), सुवास गुरुङ 'बी' (एनआरटी), सुशील केसी (एनआरटी), प्रविण कार्की (जावलाखेल), अनिल ओझा (थ्री स्टार), सन्तोष तामाङ (फ्रेन्ड्स), विशाल राई 'बी' (मच्छिन्द्र), निराजन मल्ल (क्लबविहीन), जगजित श्रेष्ठ (क्लबविहीन), दीपक थापा (आरसिटी), राम थापा (मनाङ), विक्रम लामा (थ्री स्टार)

फरवार्ड- भरत खवास (क्लबविहीन), बुद्ध चेम्जोङ (थ्री स्टार ) जाङ्बु शेर्पा (हिमालयन), कुन्जन गुरुड (हिमालयन), सुजल श्रेष्ठ (मनाङ), कालु थापा (मनाङ), प्रकाश बुढाथोकी (फ्रेन्ड्स), असिमजंग कार्की (एनआरटी) र अमर डंगोल (आरसिटी)।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता