Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Jan 18th

वाइवाइ कर्पोरेट क्रिकेट हुने

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, वैशाख १९ (नागरिक)- 'साबुनले हात धोऔं' भन्ने नारासहित पहिलो वाइवाइ कर्पोरेट प्रिमियर लिग टी-२० क्रिकेट मंगलबार सुरु हुँदैछ। सांग्रिला क्रिकेट एकेडेमीले चौधरी ग्रुपको प्रायोजनमा गर्ने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।
 
सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा एभरेष्ट च्यालेन्जर्स, ग्लोबल बैंक, युवी रेन्जर्स र म्याक्स मिडिया, समूह 'बी' मा नेपाल टेलिकम, प्राइभेट पब्लिक पार्टनर (पिपिपी) र यती एयरलायन्स तथा समूह 'सी' मा चौधरी ग्रुप, अग्नि एयर र युनिसेफ छन्। पिपिपीबाट विभिन्न बैंक तथा कम्पनीका खेलाडी खेल्ने आयोजकले जनाएको छ।
समूहका 'ए' का शीर्ष दुई तथा समूह 'बी' र 'सी' का शीर्ष १-१ टोलीले सेमिफाइनल प्रवेश पाउने छन्। त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता अर्को बुधबारसम्म चल्नेछ। झन्डै १० लाख बजेटको प्रतियोगितामा सहभागी टोलीले ५१ हजार दर्ता शुल्क तिरेको सांग्रिलाका वीरेन्द्र शाहले बताए। कर्पोरेट भावनाले प्रेरित भएर प्रतियोगिता आयोजना गरिएको अम्पायर तथा सांग्रिलाका सदस्य विनयकुमार झाले बताए।
हात धुने अभियान सफल पार्न प्रतियोगितामा आबद्ध भएको चौधरी ग्रुपका सहायक महाप्रबन्धक लालबाबु प्रसादले बताए। पिपिपीका संयोजक विनय दिलले भने, 'साबुनपानीले हात नधुँदा ५ वर्षमुनिका बालबालिका विभिन्न रोगको संक्रमणमा पर्ने गरेका छन्, हामीले यो नारासहित गतिविधि बढाउँदा ४४ प्रतिशतलाई बचाउन सक्छौं।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता