आकासमै अनुगमन

E-mail Print
(0 votes, average 0 out of 5)
विष्णु पोखरेल, काठमाडौं, वैशाख १९- वाणिज्य विभागको अनुगमन टोलीले सोमबार काठमाडौंबाट नेपालगञ्ज जादै गरेको बुद्ध एयरको जहाजमै खाद्य वस्तुको अनुगमन गरेको छ। टोलीले जहाजमा यात्रुलाई वितरण भएको खानेकुराको अनुगमन गरेको छ।
 
विभागका महानिर्देशक नारायणप्रसाद बिडारीको नेतृत्वमा जुम्लामा अनुगमन गर्न निस्केको टोलीले जहाज उडिरहेका बेला वितरण भएको खानेकुरा अनुगमन गरेको हो। अनुगमनमा महानिर्देशक बिडारी सहित उपभोक्तावादी र विभागका कर्मचारी सहभागी थिए।
अनुगमनको क्रममा बुद्ध एयरले यात्रुलाई वितरण गर्ने बदाम(पिनट्स) र चक्लेटमा कुनैपनि लेवल नभएको भेटिएको छ। 'पिनट्स र चक्लेटमा उत्पादन, उपभोग्य मितीलगायतका लेवल उल्लेख नभएको भेटियो' महनिर्देशक बिडारीले भने, 'किन यस्तो भएको हो भनी हामीले सफाई पेस गर्न बुद्ध एयरलाई एकहप्ते पत्र काटेका छौ।
यसैगरी पिनट्स उत्पादनक ललितपुरको जगदम्बा त्रिशक्ति इन्डस्ट्रिज र चक्लेट उत्पादक सगुन फुड प्राली रुपन्देहीले चक्टेल भैरहवालाई भने टोली राजधानी आएपछि कारबाही अघि बढाउने महानिर्देशक बिडारीले बताए।
टोलीले जहाजमा वितरण भएको खाद्य वस्तुको नमुना पनि लिएको छ। बिडारीले नमुना खाद्य परीक्षण गराएर कारबाही अघि बढाउने जानकारी दिए।
प्रतिक्रियाहरू (1)Add Comment
0
raaz sharma
May 01, 2012
123.176.77.231
भोट: +2
...

k garnu dherai janata bus ma sabari garchan, hakim sahib haru ko bus ma sawari bhaidiye janta ley kasto thau ma khana khada raichan yathartha taha huntyo. peanut khane janta ta dherai thorai chan hakim sahib.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता