अझै सहमति खोज्नुपर्छ, बहुमतीयमा जाने बेला हैनः दाहाल

E-mail Print
(4 votes, average 3.50 out of 5)
अविश्वास बढ्यो: नेपाल
राजीनामा दिन तयारः प्रम भट्टराई
पहिले सहमति अनि नयाँ सरकारः गच्छदार

काठमाडौँ, वैशाख १८- एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विवादित विषयहरुमा सहमतिमा पुग्नुपर्ने बताउँदै अहिल्यै नै बहुमतीय प्रक्रियामा जाने बेला नभएको बताएका छन्।

तीन दल र मधेसी मोर्चाबीचको आजको निश्कर्षविहीन बैठकपछि बोल्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेसी मोर्चा गठबन्धनको यही सरकारले संविधान जारी गर्छ भनेकोले अविश्वास पैदा भएको बताउँदै अविश्वास हटाएर विश्वासको वातावरण बनाउनुपर्ने बताए।

प्रधानमन्त्री डा बावुराम भट्टराईले भने संविधान बन्ने प्रत्याभूति हुन्छ भने आफू राजीनामा दिन तयार रहेको बैठकमा बताएको काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए।

संविधान घोषणा गर्नु्अघि काँग्रेसको नृतत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्ने समझदारी बन्दै आएको तर यही बीचमा सरकारमा रहेका गठबन्धन दलबाट यही सरकारले घोषणा गर्छ भन्ने कुरा आएकोले अविश्वास पैदा भएको महामन्त्री सिटौलाले बताए।

"शान्ति प्रक्रियामा सरकारको भूमिका हुन्छ संविधान निर्माणमा सरकारको केही भूमिका हुँदैन, राजनीतिक दलहरु र संविधानसभाको भूमिका हुन्छ संविधान घोषणाअघि राष्ट्रिय सहमतिको सरकार गठन नभए त साँतबुँदे सहमतिको मुख्य बुँदा निरर्थक हुन्छ, यो विषयले आजको बैठकमा प्राथमिकता पायो," महामन्त्री सिटौलाले भने। उनले राष्टिय सहमतिको सरकार तुरुन्तै बन्ने पनि बताए।


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले शासकीय स्वरुप, राज्य पुनःसंरचनालगायतका विषयमा सहमति जुटाएर मात्र राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि राज्य पुनःसंरचना गर्दा जातीयताका आधारमा हुन नहुने, त्यसले झन भयावह परिस्थिति निम्तिने भन्दै प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्नबाट पनि काँग्रेस पछि नहट्ने बताए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता