बम विष्फोट सङ्घीयताविरुद्ध-उपप्रधानमन्त्री गच्छदार

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, वैशाख १८- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले जनकपुरमा गराइएको बम विष्फोट सङ्घीयताविरुद्धको आक्रमण भएको बताएका छन्।

उपचारको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएका घाइतहरुको अवस्था बुझ्न आएका मन्त्री गच्छदारले सञ्चारकर्मीसँग कुरा गर्दै सङ्घीयतासहितको संविधान निमार्णका लागि राजनीतिक पार्टीलाई दबाव दिन आयोजना गरिएको धर्नामा आक्रमण गर्नु निन्दनीय रहेको बताए।

उनले मृतकको परिवारलाई क्षतिपूर्ति दिइने तथा घाइतेहरुको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी दिए।

यसैगरी, सूचना तथा सञ्चार राज्यमन्त्री सुरिताकुमारी साहले पनि जनकपुर बम बिष्फोटको घोर भर्त्सना गर्दै घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने धारणा राखे।

उनले लोकतन्त्रिक व्यवस्थामा आफ्ना माग राख्ने अधिकार सबैलाई भएको भन्दै नागरिक समाजले सङ्घीयताको लागि उठाएको आवाज दबाउनु खोज्नु निन्दनीय रहेको बताइन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता