स्विडेन र स्पेनको तयारी जित

E-mail Print
(2 votes, average 4.50 out of 5)
पेरिस, जेठ १९ (एजेन्सी)- युरो २०१२ को तयारीमा याल्टन इब्राहिमोभिचप्रेरित स्विडेनले बुधबार मैत्रीपूर्ण खेलमा आइसल्यान्डमाथि ३-२ को विजय पाएको छ। १३ मिनेटमा दुई गोलको अग्रता लिएको स्विडेनबाट इब्राहिमोभिचले पहिलो मिनेटमै गोल गरे।
 
१२ मिनेटपछि उनैले विपक्षी रक्षक कटाएर दिएको सहज पासमा ओला टोइभोनेनले स्विडेनको अग्रता दोब्बर पारे। पहिलो हाफमै आइसल्यान्डका कोल्बेइन सिथोर्सोनले एक गोल फर्काए। तर ६२औं मिनेटमा इब्राहिमोभिचलाई स्थानान्तरण गरेका पोन्टुस वेर्नब्लुमले अर्को गोल थपेर खेल स्विडेनको पक्षमा पारे। अन्तिम समयमा हलग्रिमुर जोनासनले आइसल्यान्डबाट अर्को सान्त्वना गोल फर्काए।

फर्नान्डो टोरेजले विश्व तथा युरोपेली विजेता स्पेनमा उत्कृष्ट पुनरागमन जनाएर पहिलो हाफमै गोल गर्दा टोलीले दक्षिण कोरियालाई ४-१ ले हरायो। चेल्सीमा खराब सिजन बिताउने क्रममा ११ गोल मात्र गर्न सकेका उनी फेब्रुअरीमा स्पेनिस टोलीबाट फ्याँकिएका थिए। तर अर्का स्ट्राइकर डेविड भिया घाइते भएका बेला भर्खरै च्याम्पियन्स लिग उपाधि जितेका उनी प्रशिक्षक भिसेन्टे डेल बोस्कीको प्राथमिकतामा परेका हुन्। स्विट्जरल्यान्डको बेर्नमा सम्पन्न खेलको ११औं मिनेटमा उनले टोलीको पहिलो गोल गरेका थिए।

गतसाता किंग्स कपको फाइनल खेलेका बार्सिलोना र एथलेटिक बिल्बाउका खेलाडीबिना मैदान उत्रिएको स्पेनविरुद्ध दक्षिण कोरियाका किम डो ह्युनले मध्यान्तर हुन दुई मिनेट बाँकीमा बराबरी गोल गरे। मध्यान्तरपछि हाभी अलोन्सो, सान्ती काजोर्ला र अल्भारो नेग्रेडोको गोलमा स्पेनले सहज जित दर्ता गरायो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता