मिलेमतोको छायाँमा इटालीको यात्रा

E-mail Print
(1 vote, average 5.00 out of 5)
अधिकांश टोलीका लागि देशमा भएका खेलमिलेमतोका काण्ड मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा अफाप हुने गर्छन्, तर इटालीको हकमा यस्तो लागू हुँदैन। देशमा मिलेमतो काण्डले राष्ट्रिय फुटबल संरचना ध्वस्त पार्दा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भने इटालीलाई त्यो भाग्यशाली हुन सक्छ।
 ६ वर्षअघि विश्वकपलाई राष्ट्रिय टोली जर्मनी भ्रमणमा निस्कँदा देशभित्र खेल मिलेमतोका कारण ठूलै हलचल भएको थियो। देशका ठूला क्लबहरू मिलेमतो काण्डमा दोषी सावित भएर जितेको उपाधि सुम्पन बाध्य भए कोही रेलिगेसनमा परे भने कसैको अर्को सिजनको अंक समेत खोसियो। धेरै खेलाडी र पदाधिकारी पनि कारबाहीको हकदार बने। यस्तो निराशाजनक अवस्थामा जर्मनी निस्केको राष्ट्रिय टोली समूह चरणमै असफलता भोगेर घर फर्कने धेरैले अनुमान लगाएका थिए, तर सबैको अनुमान गलत साबित गर्दै फाबियो कानाभारोको नेतृत्वमा रहेको इटालीले उपाधि लिएर घर फर्कियो।
इटालीले त्यसअघि सन् १९८२ को स्पेन विश्वकप जित्दा पनि देशमा मिलोमतोको यस्तै काण्ड थियो। इटालीका तत्कालीन स्टार स्ट्राइकर पाउलो रोसीसमेत मिलोमतो काण्डमा दोषी साबित भएपछि प्रतिबन्धमा परे, तर प्रतियोगिताका लागि समयमा प्रतिबन्धमुक्त हुँदै फर्केर उनले ६ गोल गर्दै गोल्डेन बुट र गोल्डेन बलसमेत जिते।
इटालियन फुटबल फेरि एकपटक खेल मिलेमतो काण्डले तातेको छ। घरभित्र लाजियोका कप्तानसहितका केही खेलाडीमाथि कारबाही भइसकेको छ भने थप अनुसन्धान चलिरहेको छ। खासगरी सिरी बी का धेरै टोली र खेलाडी मुछिएको मिलेमतोमा सिरी ए को एटलान्टा पनि तानिएको छ। इटालियन फुटबल विश्वमै भ्रष्टाचारका लागि बदनाम छ। अहिलेको मिलेमतो काण्डले निराश भएका प्रधानमन्त्रीले समेत यो खेललाई स्वच्छ बनाउन देशमा केही वर्ष फुटबलमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने सम्मको प्रस्ताव राखिसकेका छन्। मिलेमतोकै छायाँमा फेरि एकपटक राष्ट्रिय टोली महŒवपूर्ण प्रतियोगिता खेल्न पोल्यान्ड र युक्रेनको भ्रमणमा निस्कँदैछ।
इटालीको पक्षमा देशभित्रको मिलेमतोको संयोग अहिले युरो २०१२ जित्न सकारात्मक हुन सक्छ, तर टोलीमा अहिले एलेसान्द्रो डेल पिएरो, फ्रान्सेस्को टोट्टी, एलेसान्द्रो नेस्टा, पाउलो माल्डिनी, गेनारो गाटुसोजस्ता उच्च क्षमतावान खेलाडीको अभाव छ। वर्तमान टोलीमा रहेका एन्टोनियो कासानो र मारियो बालोटेलीबाट भने उचित समयमा खेल परिवर्तन गर्ने क्षमता अपेक्षा गर्न सकिन्छ।
दोस्रो युरोपियन च्याम्पियनसिप उपाधि जित्ने लक्ष्यमा प्रशिक्षक सिजर प्रान्डेलीले कुनै बेलाका विश्वकै सवोत्कृष्ट गोलकिपर जियानलुइजी बुफोनलाई नै पोस्ट जिम्मा लगाउने योजनामा छन्। त्यसअघि सेन्ट्रल डिफेन्समा उच्च फर्ममा रहेका युभेन्टसका एन्ड्रिया बार्जाग्ली, लियोनार्दो बोनुची र जर्जियो चिलिनीमध्ये दुईलाई रोज्ने छन्। दुई वर्षअघि विश्वकपमा पनि इटालीका लागि पूरा रक्षापंक्ति दिएको युभेन्टसका रक्षकहरूले भर्खरै सम्पन्न सिरी ए सिजनमा उत्कृष्ट प्रदर्शन गरे। लिग पनि जितेकाले उनीहरूको आत्मविश्वास अझै थपिएको छ।
मिडफिल्डमा युभेन्टसले यो सिजनमा सर्वोत्कृष्ट प्रदर्शन गरेका एन्ड्रिया पिर्लोलाई उपलब्ध गराउनेछ। यसैगरी उनलाई क्लाउडियो मार्चिसियोले साथ दिनेछन्। अग्रपंक्तिमा कासानो र बालोटेलीसँगै डानियल डी रोसीको सम्भावना पनि बलियो छ।
विश्व तथा युरोपेली च्याम्पियन स्पेन रहेकै समूह'सी'मा परेकाले इटाली समूह चरणको पहिलो दाबेदार होइन, तर विश्व फुटबलमा टोली सधैं दाबेदार रहने गरेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता