महिला बिच भलिबललाई पेन्टागनको साथ

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, जेठ १९ (नागरिक)- राष्ट्रिय महिला बिच भलिबलले आयोजनाको दोस्रो वर्षमै मुख्य प्रायोजक भेट्टाएको छ। अर्को साता हुने महिला बिच भलिबलको दोस्रो संस्करणलाई पेन्टागन इन्टरनेसनल कलेजले प्रायोजन गर्ने भएको छ।

बिहीबार आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ र पेन्टागनका अध्यक्ष एवम् कार्यकारी प्रमुख एसपी सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार जेठ २७ देखि २९ सम्म आयोजना हुने प्रतियोगितामा खेलाडीको आवास, भोजन, यातायात खर्च, रेफ्री पारिश्रमिक र खेलसामग्री खरिदमा लाग्ने खर्च पेनान्टानले उपलब्ध गराउनेछ।
पेन्टागनका अध्यक्ष सिंहले खेलका माध्यमबाट एकताको सन्देश फैलियोस् भन्ने उद्देश्यमा महिला बिच भलिबललाई प्रायोजन गरेको बताए।'अहिले देशमा अघोषित संकटकाल छ। जाति र भाषाका नाममा राज्य मागिएकाले देश एक किमिसको विभाजनको अवस्था छ,' सिंहले भने,'त्यसले केही हदसम्म विभाजित मानसिकतालाई कम गर्न खेलकुद माध्यम बन्न सक्छ भने उद्देश्यले प्रायोजन गरेका हौं।' उनले प्रायोजन एक वर्षको रहने बताए।
भलिबल अध्यक्ष तामाङले खेलकुद विकासलाई गति दिन प्रायोजकको भूमिका महŒवपूर्ण हुने जनाए।
संघका महासचिव जितेन्द्रबहादुर चन्दले कलेजले प्रायोजनवापत ३ लाख रुपैयाँ हाराहारीमा खर्च गर्ने जानकारी गराए। चैतमा निर्वाचन भएपछि भलिबल संघले गर्न लागेको यो पहिलो प्रतियोगिता हो।
चन्दले प्रतियोगितालाई कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयपरिसरमा अन्तर्राष्ट्रियस्तरको बिच कोर्ट तयार भइसकेको बताए। चारदिने प्रतियोगितामा ५ विकास क्षेत्र तथा विभागीय टोली नेपाल पुलिस र एपिएफ क्लबका २-२ गरी १४ टोलीले भाग लिने छन्।
राष्ट्रिय प्रतियोगितालाई क्षेत्रीय छनोट पनि भइरहेको महासचिव चन्दले जानकारी दिए। विजेताले १०, उपविजेताले ७ र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

हायाङ जानेले नपाउने
चीनको हायाङमा असार २ देखि ८ सम्म हुने तेस्रो एसियाली बिच गेम्स खेल्न जाने दुई खेलाडीले भने राष्ट्रिय महिला बिच भलिबल खेल्न नपाउने भएका छन्। संघ अध्यक्ष तामाङका अनुसार महिला टोली जेठ २७ मै हायाङ पुगिसक्नुपर्ने भएकाले दुई खेलाडीले खेल्न नपाउने भएका हुन्। उनले राष्ट्रिय महिला बिच खेलकुदको प्रदर्शनबाटै खेलाडी छान्ने योजना समयाभावका कारण पूरा नभको बताए। २७ देखि नै राजधानीमा राष्ट्रिय महिला बिच भलिबल सुरु हुनेछ। एसियाली बिच गेम्समा नेपालको दुई पुरुष र एक महिला टोलीले भाग लिनेछ। महिला टोलीमा चूडा खड्का र नीता शाह छन्। पुरुषतर्फ संजय अर्याल र इम राना तथा भरत शाह र चन्द्र कुँवरको टोली छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता