गाउँ नै शोकमग्न, एकै घरका तीनको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
पुष्पराज जोशी, डोटी, जेठ १९- गैरागाउँ गाविस-३, सेरीगाउँ अहिले शोकमा डुवेको छ। गाउँभरीका आफन्त सवै तारासिंह खड्काको घरमा जमा भएका छन्। आँगनमा दुई वटा शव राखिएको छ भने थप एक शव नेपालगन्जबाट ल्याउने तयारी भईरहेको छ। तीन वटै शव लिएर सँगै मसानघाट जाने भन्दै बुधबार बेलुकी देखि आँगनमा राखिएका शव गन्हाउन थालेका छन्।

 
घटनामा परी तारासिंहका डेढ वर्षिय छोरा टेक खड्का, श्रीमती चन्द्रा खड्का र भाईवुहारी गौरी खड्काको एकै चिहान भयो। बुधबार विहान घरबाट जिल्ला सदरमुकाम सिलगढी उपचारका लागि आउँदै गर्दा खिर्सैन गाविस ३ सिर्मामा भएको जिप दुर्घटनामा परी तीनैको मृत्यु भएको हो।

'भाउजु चन्द्राले श्रीमती गौरी खड्का र नावालक भतिजा टेक खड्कालाई पखाला लागेकाले उपचारका लागि जिल्ला अस्पताल लगेकी हुन्।' गौरीका श्रीमान भीमबहादुर खड्काले रुँदै भने, 'रोग निको पार्न गएका उनिहरुलाई उल्टै दैवले सदाका लागि लगे।' एउटै घरका तीन जनाको एउटै चिहान भएको गाउँमै पहिलो भएको बताउँदै स्थानिय चक्र कठायतले भने, 'हिजो देखि गाउँमा कसैको चुलोमा आगो वलेको छैन।' गाउँभरीका सवै तारासिंहको घरमा जमा भएर रोईकराई रहेका छन्।

तारासिंहको छिमेकी गाउँ गैरागाउँ २ गैरागाउँ पनि शोकमग्न छ। सो गाउँमा एकै घरका आमा छोरीको पनि एकै चिहान भएको छ। दुर्घटनामा घाईते भएकी ३६ वर्षिया खिरु वोहरा र उनकी ४ वर्षिया छोरी टंकी बोहराको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको थियो।'सँगैको वल्लो-पल्लो पूरै गाउँ शोकमा डुवेको छ।' स्थानीय नरेन्द्र खड्काले भने, 'जिपमा सवार प्रायः महिलाहरु औषधी उपचारका लागि सिलगढी जाँदै थिए।' उपचारका लागि नेपालगन्ज लगिएकी चन्द्रा खड्काको शवको प्रतिक्षामा रहेका सेरीगाउँका खड्का परिवारको आँगनमा विहीवार दिनभरी रुवावासी चल्यो। दुई शव आँगनबाटै उठाउन नपाउँदै तेस्रोको पनि मृत्यु भएको खवर पाएपछि शुक्रवार मात्रै मसानघाट लैजाने आफन्तले जनाएका छन्।

गैरागाउँ, काडामाण्डौ, वगलेक, खिर्सैन, पोखरी, गाँजरी र सानागाउँका स्थानीय किनमेल तथा औषधोउपचारका लागि सिलगढी वजार जाने गर्दछन्। 

वुधवारको दुर्घटनामा परि मृत्यु हुनेहरुमा काडामाण्डौ २ की २ वर्षीया रिया वोगटी, गैरागाउँ ३ की ३५ वर्षीया गंगा देवी खड्का, गैरागाउँ २ की ३५ खिरु देवी वोहरा, ४ वर्षीया तुलसी बोहोरा, वगलेक गाविसकी ३५ वर्षीया जुनु विष्ट, वगलेक कुडासैनका टेक ठकुल्ला, खिर्सैन ९ की ३८ वर्षीया भागी ऐर, गाजरी ९ की ३३ वर्षीया पाता भण्डारी, खिरसैन ८ की ११ महिनाकी धनसरी भुल, खिरसैन ७ की ४ महिनाकी पूजा कुमारी विक, गैरागाउँ ३ कि २३ वर्षीया गौरी देवी खड्का र ३५ वर्षीया चन्द्रा खड्का र उनका डेढ वर्षीय छोरा टेक खड्का, खिर्सैन फुलौटकी तुलसी विक छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता