माओवादीले सत्ता कब्जा गर्न संविधान सभा विघटन गरेको कोइरालाको आरोप

E-mail Print
(4 votes, average 3.00 out of 5)
रोशन शिल्पकार, भक्तपुर, जेठ १८- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले विदेशीको इसारामा माओवादीले संविधान सभाको विघटन गराएको आरोप लगाएका छन्। उनले माओवादीले सत्ता कब्जा गर्ने उद्यतले संविधान सभा विघटन गराएकाले सबै जनताले यसको विरोध गर्नुपर्ने बताए।

बिहीबार साँझ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग उनकै  भक्तपुर, कमलविनायकस्थित निवासमा भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै सभापति कोइरालाले आफूहरुले निर्वाचनको विरोध गरेको नभई राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने माग गरेको बताए।

उनले प्रजातन्त्र धरापमा परेको भन्दै गणतन्त्र संस्थागत गर्न जरुरी रहेको समेत बताए। उनले माओवादीप्रति एकरति पनि विश्वास गर्न नसक्ने भएकाले तत्कालै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने औंल्याए।

त्यस्तै अध्यक्ष बिजुक्छेले संविधान सभाको विघटन पश्चिमी देश र भारतको इशारामा भएको ठोकुवा गरे। उनले यसअघि नै भारतले 'एक मधेस, एक प्रदेश' नभए संविधान बनाउन नदिने अभिव्यक्ति दिइसकेको बताए।

कांग्रेस सभापति कोइरालाले बिजुक्छेलाई आफूहरुको समर्थन गर्न आग्रह गरेका थिए।  प्रतिउत्तरमा बिजुक्छेले पार्टीमा छलफल गरेपछि मात्र जानकारी गराउने बताए।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता