उपभोक्ता अधिकार संरक्षण गर्न सूचनाको हक

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, जेठ १९ (नागरिक)- उपभोक्ता अधिकार संरक्षणका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन हुनुपर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले बताएका छन्। बिहीबार राजधानीमा आयोजित अन्तर्त्रि्कयामा बोल्दै उनीहरुले सूचनामा सर्वसाधारणको पहँुचले उपभोक्ता अधिकार रक्षामा सहयोग पुग्ने बताए।
सूचनाको हकका लागि नागरिक अभियान र उपभोक्ताहित संरक्षण मञ्चले गरेको कार्यक्रममा सूचनाको हक र उपभोक्ता अधिकरका विषयमा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बोल्दै वाणिज्य विभागका महानिर्देशक नारायण बिडारीले प्रचारप्रसारले गलत काम गर्नेलाई निरुत्साहित गर्ने बताए। 'हामीले गरेका काम कारबाहीको प्रचारप्रसार भए गलत काम गर्नेलाई डर हुन्छ,' उनले भने, 'उपभोक्ताको अधिकार रक्षाका लागि सूचना सार्वजनिक गर्न विभागले सहयोग गर्छ।' उनले विभागले गर्ने काम कारबाहीको सूचना दिइने जानकारी दिए।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त विनय कसजुले सूचनाको पहुँच विस्तार नभई उपभोक्ता अधिकार सुनिश्चित नहुने बताए। उनले सूचनाको पहुँच विस्तारका लागि आयोगले सहयोग गर्ने जानकारी दिए।

उपभोक्ताहित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले मूल्य, गुणस्तरलगायत विषयमा सरकारी संस्थान र निजी क्षेत्रले सूचना लुकाउने गरेको बताए। 'यसरी सूचना लुकाइएपछि उपभोक्ता ठगीने सम्भावना बढी हुन्छ,' उनले भने, 'त्यसलाई कम गरी सूचनाको हकलाई पूर्ण कार्यान्वयन गर्नुपर्छ।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता