उपत्यकाको सडक विस्तार : असारमा सक्ने लक्ष्य अधुरै

E-mail Print
(3 votes, average 5.00 out of 5)
सुदर्शन सापकोटा, काठमाडौं, जेठ १९- बजेट अभावमा उपत्यकाको सडक विस्तार कार्य चालु वर्षको बीचमै रोकिएको छ। असारसम्म विस्तार गर्ने कार्य सक्ने लक्ष्य लिए पनि बजेट नहुँदा चैत अन्तिम साताबाट अधिकांस काम रोकिएका छन्।

उपत्यकामा गैरकानुनी रुपमा बनेका घर तथा टहरा, सरकारी बाटो मिचिएका पुर्वाधार भत्काएर बाटो विस्तार गर्न प्रधानमन्त्रीले नगर विकास समितिलाई निर्देशन दिएका थिए। सरकारले आर्थिक रुपमा पूर्ण सहयोग गर्ने भए पछि समितिले सडक विस्तार योजना अगाडि बढाएको थियो।
उपत्यकालाई व्यवस्थित बनाउन अझ शक्तिशाली निकायको आवश्यकता महशुस गरी सरकारले समितिलाई विघटन गरेर प्राधिकरण बनाएको छ।
'सरकारले पैसा दिन्छु भन्ने तर नदिनाले उपत्यकाको सडक विस्तार रोकिएको छ,' प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले बिहीबार नागरिकसँग भने।
उनका अनुसार, सरकारले समयमा बजेट उपलब्ध गराएको भए उपत्यकाको सडक विस्तारको काम ५० प्रतिशत पुरा भइसक्ने थियो। पैसा नभएकाले काम अलपत्र छाड्नु परेको छ, उनले भने।
सरकारले भने प्रकृयागत रुपमा वजेट माग्न नआएकाले पैसा दिन ढिलाइ भएको बताएको छ। 'हामीले पैसा नदिने भनेकै छैनौं, प्रकृयागत रुपमा आउनु पर्‍यो,' अर्थ सचिव कृष्णहरि बाँस्कोटाले बिहीबार नागरिकसँग भने।
उपत्यककाको सडक विस्तारका लागि ८४ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
सडक विस्तारका लागि प्राधिकरणले भौतिक योजना निर्माण मन्त्रालयमार्फत अर्थसँग बजेट माग गरेको छ। अर्थले अहिलेसम्म सडक विस्तारका लागि ३ करोड ३४ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ।
'ठेक्का-पट्टा नलागेकाले पुरै पैसा विनियोजन भए पनि भुक्तानी हुन सक्दैन,' बाँस्कोटाले भने, 'काम सकिएको अनुपातमा मात्र भुक्तानी दिने गरिन्छ।' उनले भुक्तानी दिनै पर्ने अवस्था आए पनि असारसम्म १० करोडभन्दा बढीको काम सम्पन्न हुने अवस्था नभएको जानकारी दिए।
सडक विस्तारको काम रोकिँदा राजधानीका विभिन्न ठाउँमा भत्काइएका पुर्वाधारले सडकलाई नै छोपेर साँघुरो पारेको छ। सडक धुलाम्य भएर हिँडन्समेत गाह्रो भएको छ।
'पैसा नभएकाले भत्काउनलाई चिन्ह् लगाएका पुर्वाधारहरु त्यसै छाडेका छौं,' तिवारीले भने, 'अब असारसम्म काम सक्ने अवस्था छैन।' उनले समितिलाई प्राधिकरण बनाएपछि सरकारले एक रुपैयाँसमेत सहयोग नगरेको जानकारी दिए। 'सरकारले पैसा नदिएका कारण विस्तारको काम मात्रै रोकिएको होइन चैतयता कर्मचारीले तलवसमेत पाएका छैनन्,' उनले भने।
उपत्यकाको सडक निर्माणको काम प्राधिकरणका साथै डिभिजन सडक कार्यालय, उपत्यका सडक सुधार आयोजना र नगरपालिकाले गर्छन्। प्राधिकरणले आफूले भत्काएका तथा विद्यालय, अस्पताललगायतका क्षेत्रको सडक विस्तार र विकास गर्नु पर्छ। नगरपालिकाले ८ फिट चौडाभन्दा कमका सडक विस्तार गर्छ। सडक विभाग र सडक सुधार आयोजनाले वाँकी सडक विस्तार र मर्मत संहार गर्नु पर्छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता