'सोचेभन्दा असुरक्षित राजधानी'

E-mail Print
(2 votes, average 2.50 out of 5)
उपेन्द्र लामिछाने, काठमाडौं, जेठ १९- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको बिहीबार बिहान अज्ञात समूहले शंखमुलमा हत्या गरेसँगै वरपरका सर्वसाधारण त्रसित छन्। अंगरक्षकसहित हिँडेका न्यायाधीशको दिनदहाडै भएको हत्याले राजधानीका सर्वसाधारण चिन्तित छन्।

'अपराधीले कानुनमाथि नै गोली चलाएको छ,' थापाथलीस्थित प्रसुतिगृह अगाडि भेटिएका जोरपाटीका ज्ञानेन्द्र श्रेष्ठले भने, 'खै प्रहरी? खै गृहमन्त्री?' दण्डहिनता बढ्दै जाँदा पछिल्लो समय अपराधीहरूको मनोबल बढ्दै गएको उनले सुनाए।
नर्भिक अस्पतालमा न्यायाधीशको शव हेर्न जम्मा भएकाहरूले यो घटनाले त्रसित बनाएको सुनाए। 'उन(न्यायाधीश)लाई अस्पतालमा हेर्न प्रधानमन्त्री, र अरू मन्त्री आए,' सिन्धुपाल्चोक घर भएकी मैया दनुवारले भनिन्, 'तर उनी बितिहाले।' सुरक्षा व्यवस्था चुस्त भए यस्तो अवस्था नआउने उनको बुझाइ छ।
शंखमुल घर भएकी पूजा महर्जनले यो घटनासँगै दिउँसो हिँड्नसमेत डर लाग्न थालेको सुनाइन्। 'हामी हिँड्ने बाटोमा दिउँसै गोली चलेको छ,' उनले भनिन्, 'त्यही बाटोमा अब कसरी हिँड्न सक्छौं?'
हत्याराले पल्सर मोटरसाइकल प्रयोग गरेकाले सुरक्षाजा"चका क्रममा प्रहरीले ठाउँठाउँमा पल्सर मोटरसाइकल चलाउनेलाई केरकार गरिरहेको थियो। पल्सर बाइक चढ्नेलाई विशेष निगरानी गरेको देखिन्थ्यो। नर्भिक अस्पतालमा घटना विवरण बुझ्ने र चासो लिनेको भीड लागेको थियो। घटनास्थल वरपर पनि सर्वसाधारण जम्मा भएर त्यही विषयमा कुरा गरिरहेका थिए।
इलामबाट उपचारका लागि राजधानी आएका कुमार गुरुङले राजधानी डरलाग्दो बन्दै गएको सुनाए। 'गोली-बमले राजधानी हल्लाउन थालेको छ,' उनले भने, 'आजको घटनापछि इलाममा रहेका घरका मानिससमेत डराउन थालेका छन्।' यो घटनाले राजधानी सोचेभन्दा पनि आफूले असुरक्षित पाएको गुरुङले बताए।
थापाथलीमा औषधी पसल गर्दै आएकी लक्ष्मी विसुरालले देशमा शान्तिसुरक्षा नभएको सुनाइन्। 'मनमा डर गढ्न थालेको छ,' उनले भनिन्, 'निर्धक्क भएर कहिले बाँच्न पाइने हो, थाहा छैन।'
सधैं अरूलाई हसाइरहने दिपकराज गिरी उदास अनुहारमा अस्पतालमा देखिए। घटनामा उनका बाबु राम गिरी घाइते भएका थिए।
घटनास्थल र नर्भिक अस्पतालमा देशीविदेशी मिडियाका प्रतिनिधि झुम्मिएका थिए। टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गरेका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता