सुडान घोटालाः अख्तियार गयो सर्वोच्च अदालत

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, जेठ १९- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुडान घोटाला प्रकरणमा आरोपितहरूविरुद्ध दायर मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावलोकनको मुद्दा दायर गरको छ।

आयोगले २०६४ सालमा सुडानमा खटिएको नेपाल प्रहरीको मिसनलाई आवश्यक पर्ने बख्तरबन्द गाडी (एपीसी) लगायतका बन्दोबस्तीका सामान खरिदमा अनियमितता गरेको अभियोग लागेका ३५ जनामध्ये पाँच जनाको हकमा मात्र अभियोग ठहर गर्नु उचित नभएको र आरोपितको हकमा पनि कम विगो कायम गरेको जनाइ सफाई पाउनेहरूको हकमा पनि अभियोग ठहर हुनुपर्ने माग गरेको सहन्यायाधिवक्ता राजेन्द्रकुमार पोखरेलले बताए।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले गत फागुन १ गते गरेको फैसलामा आरोपित पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी तथा लन्डनस्थित एस्युर्ड रिस्क लिमिटेडका ठेकेदार माइकल राइडर र उनका नेपाली सहयोगी शम्भु भारतीलाई मात्र बिगोबमोजिम जरिवाना र कैद सजाय तोकेको थियो।

उक्त इजलासले तीनै पूर्व प्रहरी महानिरीक्षकलाई जनही दुई वर्षका दरले कैद तोक्नुका साथै राणाबाट रु १७ करोड छ लाख आठ हजार, गुरुङबाट रु छ करोड ४८ लाख ७० हजार र ठकुरीबाट रु चार करोड ८५ लाख ४४ हजार जरिवाना असुल गर्नुपर्ने फैसला सुनाएको थियो।

यसैगरी बेलायती ठेकेदार राइडरलाई दुई वर्ष कैद र निजबाट बिगोबमोजिम रु २८ करोड ४० लाख १६ हजार जरिवाना तथा उनका सहयोगी भारतीलाई एक वर्ष कैद र निजबाट रु १४ करोड २० लाख आठ हजार जरिवाना असुल गर्नुपर्ने फैसलामा उल्लेख गरेको थियो।

सो फैसलामा अभियोग लागेका अन्य ३१ जना बहालवाला तथा पूर्व प्रहरी अधिकृतलाई भने सो अदालतले सफाइ दिएको थियो ।

सफाइ पाउनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक मदनबहादुर खड्का, प्रहरी अतिरिक्त महानिरीक्षक अर्जुनजङ्ग शाही, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक दीपकसिंह थाङ्देन, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक दीपेन्द्रबहादुर विष्ट र प्रहरी नायब महानिरीक्षक रमेशविक्रम शाह छन्।

यस्तै, प्रहरी नायब महानिरीक्षक टपेन्द्रध्वज हमाल, प्रहरी पूर्व प्रहरी नायब महानिरीक्षक दीपककुमार श्रेष्ठ, पूर्व प्रहरी नायब महानिरीक्षक निरज पुन, पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर पाल, वरिष्ठ प्रहरी उपरीक्षक रवीप्रताप राणा, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खड्का, वरिष्ठ प्रहरी उपरीक्षक, शिव लामिछाने, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्रकुमार खालिङ, प्रहरी वरिष्ठ उपरीक्षक डा.अजितकुमार गुरुङ, प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेय, प्रहरी उपरीक्षक मनोज न्यौपाने, प्रहरी उपरीक्षक निरजबहादुर शाही, प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षक विजयलाल कायस्थलाई पनि सफाइ दिइएको थियो।

अदालतले प्रहरी उपरीक्षक डा रामकृष्ण राजभण्डारी, प्रहरी उपरीक्षक कृष्णप्रसाद गुरागाँई, प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेत, प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, प्रहरी उपरीक्षक प्रकाश अधिकारी, पूर्व प्रहरी नायब उपरीक्षक हरिहर श्रेष्ठ, प्रहरी नायब उपरीक्षक विद्याराज श्रेष्ठ प्रहरी निरीक्षक अर्जुनप्रसाद तिमल्सेना, प्रहरी नायब उपरीक्षक दिनेश केसी, प्रहरी प्रहरी निरीक्षक लालगोविन्द श्रेष्ठ र प्रहरी निरीक्षक गिरीधारी शर्मालाई पनि सफाइ दिएको थियो।

आयोगले एक वर्ष अघि जेठ २४ गते विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता