नेतृत्व असफल भयोः वैद्य पक्ष

E-mail Print
(0 votes, average 0 out of 5)
ललितपुर, जेठ १९- एकीकृत नेकपा (माओवादी) का वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले पार्टीको शान्ति र संविधानको कार्यदिशा सफल नभएकाले मूल नेतृत्व असफल भएको निष्कर्ष निकालेको छ।

कुपण्डोलस्थित जनवर्गीय सङ्गठनको कार्यालयमा आज बसेको वैद्य पक्षीय केन्द्रीय समितिको बैठकले मूल नेतृत्व असफल भइसकेकाले आगामी असार २ गते राष्ट्रिय भेला गरी आगामी रणनीति बनाउने निर्णय गरेको छ।

यद्यपि केन्द्रीय समितिले गरेका निर्णय भने भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाइएको छ। यसअघि आजै पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने बताइएको थियो।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पोलिटब्यूरो सदस्य पम्फा भुसालले शान्ति र संविधानको कार्यदिशा असफल भएकाले मूल नेतृत्व असफल भएकाले चाँडै राष्ट्रिय भेला गरी आगामी रणनीति बनाउने निष्कर्ष निकालिएको बताइन्।

उनले बैठकमा केही सदस्यले बोल्न बाँकी रहेकाले भोलि पुनः बैठक बसी पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरिने बताइन्।

एकीकृत नेकपा (माओवादी) को १४६ सदस्यीय केन्द्रीय सदस्यमध्ये वैद्य पक्षमा करिब ५० जना केन्द्रीय रहेका छन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता