यसरी भएको थियो हत्या

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम बगलामुखी मन्दिरको दर्शन गरेर अदालत जाने क्रममा ललितपुरको शङ्खमुल पुल नजिक टाउन प्लानिङमा सशस्त्र समूहको आक्रमणमा परेका थिए।

बम चढेको गाडीलाई अज्ञात दुई व्यक्तिले सडकमा छेकेर रोक्ने प्रयास गरेपछि न्यायाधीशको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक महेश गिरीले गाडीको ढोका खोलेर प्रतिक्रिया माग्न नपाउँदै आपराधिक समूहले पहिले उनैलाई अनि न्यायाधीश बम र गाडीमा रहेका राम गिरीलाई पेस्तोलबाट गोली प्रहर गरेका थिए।

घाइते अवस्थामा ज्यान बचाउन हारगुहार गर्दै दौडेका सुरक्षा सहयोगी, न्यायाधीश बम र गिरीलाई आक्रमणकारीले लखेटीलखेटी गोली हानेका थिए।

आक्रमणकारीले सो क्रममा प्रयोग गरेको सातवटा गोलीका खोका बरामद गरिएको प्रहरीले जनाए पनि न्यायाधीश बमलाई छ वटा, सुरक्षा सहयोगीलाई दुई र गिरीलाई तीनवटा गोली लागेको थियो।

आक्रमण भएको स्थलबाट झण्डै एकसय मिटर ज्यान जोगाउने प्रयासमा उनीहरू दौडेको सडकमा रगतको धारो लागेको थियो। दौडने क्रममा न्यायाधीश बमको एउटा जुत्ता गाडीभित्र र अर्को जुत्ता केही मिटर पर सडकमा खसेको थियो।

आक्रमणकारीको गोली लागेर न्यायाधीश बमले प्रयोग गर्नुभएको बा ८ च ९८५३ नम्बरको कारको एउटा शिसा फुटेर चकनाचुर भएको थियो। घटनास्थल अन्य स्थानभन्दा अलि सुनसान र सुरक्षाका हिसाबले अलि संवेदनशील देखिएको छ। रासस

प्रतिक्रियाहरू (1)Add Comment
0
nepali babu
June 01, 2012
188.52.108.44
भोट: +0
...

यो काम पनि संघियता बिरोधि हरुको काम नै होला कि पर्चण्ड ज्यू ? खुलेर बिरोध गर्नु पर्छ है!!! अर्को चुनाब मा २ तिहाइ आइहल्छा कि? हा हा हा

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता