हामीलाई बचाऊ भन्दै थिए...

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ- घटनास्थलबाट एकसय मिटर टाढा हिँड्दै गरेकी धादिङकी सम्झना गुरुङले त्यो भागदौडको स्मरण गर्दै भनिन्, "दुई व्यक्ति रक्ताम्मे घाइते अवस्थामा देखिए र उनीहरूले हामीलाई बचाऊ, उठाऊ भनी कराइरहेका थिए। त्यसमध्ये एक अलि बुढो बेहोस अवस्थामा ढलिसकेका थिए भने अर्का भर्खरको व्यक्तिको छातीबाट भलभली रगत आइरहेको थियो।"

घटनास्थल नजिकै फर्निचर पसल सञ्चालन गरेकी सर्लाही मलङ्गवा निवासी विद्यादेवी शर्माले पनि घटनाका सम्बन्धमा भनिन्, "हामी खाना खाँदै थियौँ, ड्याम्म आवाज आयो, मोडमा मोटरसाइकल पल्ट्यो क्यारे भनेको त रुँदै कराउँदै दुई व्यक्ति यही सडकको घुम्तीमा आएर ढले, पछि उनीहरू बेहोस भएका थिए।"

घटनास्थलभन्दा ५० मिटर टाढा रहेको विके इन्टरप्राइजेजका सञ्चालक राजेन्द्र तण्डुकारले घाइतेहरूलाई लखट्दै आएका र कालो लुगा लगाएका दुई जना आफूहरूलाई देखेर घटनास्थलबाट पश्चिमतर्फ भागेको बताए।

यसअघि पटकाजस्तै आवाज चारपटक सुनिएको तथा दुईजना घाइते दौडेर आएर एकै ठाउँमा ढलेपछि आफूले नजिक रहेको प्रहरीलाई खबर गरेको उनले बताए।

घाइतेमध्ये एक जनाले श्रीमानलाई पहिले अस्पताल लग्नुपर्‍यो भनिरहेको थियो भने एक जना बुढा व्यक्ती अचेत अवस्थामा रहेका थिए, उनले भने। तण्डुकारले ट्याक्सी खोजेर न्यायाधीश बम र सुरक्षा सहयोगीलाई अस्पताल लैजाने व्यवस्था मिलाएको तथा छेउमा आएर 'म पनि घाइते छु' भनेपछि राम गिरीलाई अर्को मोटरसाइकलमा हालेर अस्पताल लैजाने व्यवस्था मिलाएका थिए।

त्यसपछि मात्र आफूले गाडीको ड्राइभर देखेको उनले बताए। ड्राइभर असाध्यै हतास अवस्थामा देखिएको थियो, तर उनलाई कुनै चोटपटक लागेजस्तो आफूलाई नलागेको उनले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता