वैद्य पक्षको ठहर:चुनाव हुँदैन, विकल्प गोलमेच सभा

E-mail Print
(2 votes, average 3.00 out of 5)
काठमाडौं, जेठ १९ (नागरिक)-एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य विचार समूहले नयाँ संविधानसभा चुनाव हुन नसक्ने ठहर गर्दै सर्वपक्षीय गोलमेच सभाबाट राष्ट्रिय सहमति जुटाउन प्रस्ताव गरेको छ। वैद्य विचार समूहको बिहीबार बसेको केन्द्रीय समिति बैठकमा त्यस्तो प्रस्ताव गरिएको हो।


बैठकमा वैद्यले फेरि संविधानसभा चुनाव भनेर जनताबीच जान नसक्ने निष्कर्षसहित गोलमेचको प्रस्ताव ल्याएका हुन्। संस्थापन पक्षको बैठक पेरिसडाँडामा चलिरहँदा वैद्य पक्षको कुपन्डोलमा समानान्तर बैठक बसेको हो।
'अहिलेको अवस्थामा चुनाव हुन सक्दैन। सर्वपक्षीय गोलमेच सभा, राष्ट्रिय सहमतिको संयुक्त सरकार, अधिकारसम्पन्न पूर्ण समानुपातिक आयोगबाट संविधान लेख्नुपर्ने राजनीतिक प्रस्ताव उपाध्यक्ष किरणले गर्नुभयो,' एक केन्द्रीय सदस्यले भने।
बैठकले प्रस्तावमा थप छलफल गर्न असार १ मा छुट्टै राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। सोही भेलाबाट नयाँ पार्टी घोषणा गर्नेबारे बैठकमा छलफल भएको थियो।
शान्ति प्रक्रियामा आएको छवर्षे कामको मूल्याकंन, संविधानसभामा छलफल भएर आएका केही उपलब्धिलाई टेकेर गोलमेच सभाबाट नयाँ संविधान निर्माण गर्न सकिने प्रस्तावमा उल्लेख छ।
पार्टी नेतृत्वले लिएको शान्ति र संविधान निर्माणको कार्यनीति विफल भएको पोलिटब्युरो सदस्य पम्फा भुुसालले बताइन्। 'पार्टीको नीति र नेतृत्व अन्तनिर्हीत हुन्छन्। हाम्रोजस्तो क्रान्तिकारी पार्टीमा नीति र नेतृत्वबारे छलफल नहुने कुरै भएन। असफल नेतृत्व र नीतिबारे उहाँ (संस्थापन पक्ष) हरु कसरी आउनुहुन्छ, त्यसपछि संयुक्त बैठक बस्ने वा नबस्नेबारे सोच्न सकिन्छ,' भुसालले भनिन्।
पेरिसडाँडामा सुरु भएको संस्थापन पक्षको बैठक पोलिटब्युरो सदस्य नन्दकिशोर पुन सिकिस्त बिरामी भएपछि स्थगन गरिएको थियो। पुन बिरामी भएको खबर आउनासाथ प्रधानमन्त्री बाबुराम भट्टराईसहित नेतृत्व हिँडेपछि बैठक स्थगन गरिएको थियो।

प्रतिक्रियाहरू (2)Add Comment
0
maheswori
June 01, 2012
49.244.53.181
भोट: +0
...

tapai ko party ko politbyuro member birami vayo nanne khabar payar meeting 6oder hudnu vayako khabar le khusi lagyo , tar constitution 4 years ma naayar janata birami pari raheko chai.......................?

0
चटपटे कान्छो
June 01, 2012
49.244.205.80
भोट: +1
...

समाचारको तथ्यसँग मिल्दोजुल्दो फोटो राखे घरपरिवारसँगै बसेर तपाईंहरूको साइट अवलोकन गर्न पाइने थियो यो नाङ्गो तस्वीर सुहाएन

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता