Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

माओवादी नेता पुनलाई एयर एम्बुलेन्सबाट भारत लगिँदै

E-mail Print
(9 votes, average 2.78 out of 5)
उजिर मगर, काठमाडौं, जेठ १९ - एकीकृत माओवादीका पोलिटव्युरो सदस्य तथा पूर्व लडाकु नन्दकिशोर पुनलाई थप उपचारका लागि भारत लगिने भएको छ। दुबै मृगौलामा खरावी देखिएपछि उनलाई उपचारका लागि भारत लैजान एयर एम्बुलेन्स मगाइएको छ।

बिहीबार ओम हस्पिटल भर्ना भएका पुनलाई दिउँसो नेपाल मेडिकल कलेज जोरपाटी रिफर गरिएको थियो।
पुनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनका दुवै मिर्गौलामा समस्या देखिएको छ।
'केही दिनदेखि सामान्य बिरामी हुनुहुन्थ्यो, तीन/चार दिनदेखि खाना खानुभएको थिएन,' उनका कान्छा छोरा दीपेशले भने, 'बिहान स्वास्थ्य गम्भीर बनेपछि ओममा भर्ना गरेका हौं।'
पुनको उपचारमा संलग्न चिकित्सक प्रमोदकुमार क्षेत्रीले शुक्रबारसम्म स्थिति हेरेर सुविधासम्पन्न अस्पताल रिफर गरिने जानकारी गराएका थिए।
पुन सिकिस्त बिरामीको खबर पाउनासाथ संस्थापन पक्षको बैठक स्थगित भएको थियो। यता उपाध्यक्ष मोहन वैद्य समूहको बैठकबाट समेत केन्द्रीय नेताहरू पुनलाई भेट्न पुगेका थिए।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय सदस्य र पूर्व लडाकुका कमान्डरहरू पुनलाई भेट्न अस्पताल पुगेका थिए।
'होशमा आउनासाथ केन्द्रीय समितिले के निर्णय गर्‍यो, राष्ट्रपतिको भनाइ के छ भन्न थाल्नुभयो,' दीपेशले भने, 'प्रधानमन्त्री आउँदा हात उठाएर लालसलाम गर्नुभयो, उपाध्यक्ष मोहन वैद्य आउँदा त लालसलाम गरेर धुरुधुरु रुनुभयो।'
पुनलाई भारतको कुनै सुविधासम्पन्न अस्पताल लैजाने तयारीबारे पार्टीमा छलफल भएको थियो।

प्रतिक्रियाहरू (7)Add Comment
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
Keshav Panthi
June 01, 2012
182.50.65.67
भोट: +33
...

janta ka chora chori cetamol khana napayera ghat bhari;
Krantikari neta chanhi, air ambulance napayera dhur dhuri;
yestai raicha yanhako chalan.

0
Ramesh Pandey
June 01, 2012
202.79.37.206
भोट: +50
...

जाजरकोटमा प्रसव वेदनाले छट्पटाइरहेकी एक महिलालाई सामान्य उपचार उपलब्ध गराउनु पर्दा सरकार कहाँ थियो ? अहिले देशलाई हड्डी चुसेजस्तो चुस्ने नेताको ज्यान किन यस्तो महंगो भएको ? आखिर यो मान्छेले देशलाई के योगदान गरेको छ ?

0
raj
June 01, 2012
49.244.133.231
भोट: +51
...

कमरेड पुनको शिघ्र स्वास्थ्य लाभको कामना । म जस्तालाई दुबै म्रिगौलाको समस्या भयो भने त आर्यधाट लैजान बेस होला । नत साथमा धन छ न त आफू नेता परियो न त आफ्नो सरकार छ ।

0
Ramesh Adhikari
June 01, 2012
182.50.65.67
भोट: -5
...

सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु

0
Vinod
June 01, 2012
65.49.14.11
भोट: +7
...

ulfa ko dhan phupu ko shradhaa, Nakkali Ladaku ko vatta lageko hola......

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता