चुनाव घोषणा स्वेच्छाचारी : मोहनविक्रम सिंह

E-mail Print
(0 votes, average 0 out of 5)
गजेन्द्र बोहरा, दाङ, जेठ १९ - अर्ध भूमिगत नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादीले जातीयता र क्षेत्रीयताको विवाद उचालेर संविधान बन्न नदिएको बताएका छन्।
शुक्रबार दाङको घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले पटक पटक संविधान सभाको समय थपेर संविधान बनाउँछौ भन्नेहरु संघीयतामा अड्किएको र सत्ता लिप्सामा लागेकाले देश अनिर्णयको घेरामा परेको बताए। 'देश अहिले गम्भीर संकटमा छ' उनले भने 'यसको मुख्य कारण संविधान बन्न नसक्नु हो, संविधान नबन्नुको मुख्य दोष माओवादीलाई छ, उसैले जातीयता र क्षेत्रीयतालाइ उचालेको हो।'

संविधान बन्न नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै सिंहले फेरि पनि सहमति कायम गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए। संघीयतामा बहु र एकल जातीय पहिचानको विवाद जटिल रहेको र यसैका कारण फेरी पनि संघीयताको भविष्यलाई असहज बनाएको बताए।

देशमा संवैधानिक संकट उत्पन्न भएको बताउँदै महामन्त्री सिंहले कामचलाउ सरकारले आफ्नो स्वच्छेचारी ढंगबाट चुनाबको घोषणा गर्नु असंवैधानिक भएको बताए। 'अहिलेको विकल्प चुनाव नै हो, सर्वोच्चको फैसलालाई हामीले नै सबैभन्दा पहिला स्वागत गरेका हौँ' सिंहले भने 'तर त्यो चुनावको घोषणा अवैधानिक भयो, स्वेच्छाचारी भयो।'

संविधान बनाउनका लागि विभिन्न विकल्पहरु भए पनि सहमतिकै आधारबाट सरकार बनाएर सोही अनुरुप नयाँ निर्वाचनमा जानुपर्ने आफुहरुको धारणा रहेको उनको भनाई थियो।

देश अन्योलपूर्ण अवस्थामा जानु ठुला दलका प्रमुख नेताहरु बढी जिम्मेवार रहेको आरोप लगाउँदै उनले त्यसमा पनि ठूलो दलको हैसियतमा माओवादीले सम्हाल्न नसकेको भन्दै बढी दोषी माओवादी रहेको टिप्पणी गरे। सिंहले बर्तमान राजनितिक परिस्थितीको बारेमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छिट्टै बैठक बसेर धारणा सार्वजनिक गर्ने बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता