Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

टालटुले समाधान व्यर्थ

E-mail Print
(1 vote, average 4.00 out of 5)
'हामीमा निहित संवैधानिक अधिकारको प्रयोग गर्दै जेठ १४ गते विघटित संविधान सभालाई आजकै मितिदेखि लागु हुनेगरी पुनर्स्थापना गछौँ'- राष्ट्रपति रामवरण यादवको जस्तो देखिने यो भनाइ अझै आइसकेको छैन। तर यस्तै अभिभाषणको आशा अहिले नेपाली राजनीतिक अखडाको कुनातर्फ ढल्कँदै गएका विगतका हस्ती नेपाली कांग्रेस र नेकपा (एमाले)ले गरिरहेका छन्।
त्यसै पनि कांग्रेसको बानी नै आफ्नो नेताको इच्छाअनुसार अगाडि बढ्ने हो। विगतमा यसले बीपीको सपना साकार पार्न देशको विकास गरौँ भन्ने गर्थ्यो। अहिले यो आफ्नो स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले कोरेको बाटोतर्फ उन्मुख हुँदैछ। गिरिजाप्रसादले तत्कालीन राजा ज्ञानेन्द्रले भंग गरेको प्रतिनिधि सभालाई पुनर्स्थापित हुने मागका साथ आन्दोलन अघि बढाएका थिए। पछि माओवादीसमेतको साथ पाएपछि त्यो आन्दोलन सफल भयो र प्रतिनिधि सभा पुनर्स्थापना पनि भयो। कांग्रेसका नेताहरू अहिले त्यही आशामा संविधान सभा पुनःस्थापना हुनुपर्ने माग गर्न थालेका छन्। अझ यसका लागि उनीहरूले प्रयास पनि थालिसकेको समाचार आएको छ। राष्ट्रपति अथवा सर्वोच्च अदालतले संविधान सभा पुनर्स्थापना गर्न सक्ने लख काट्दै उनीहरू अहिले त्यसैको दिवास्वप्नमा मस्त छन्।
निश्चित समयमा (जेठ १४ सम्म) संविधान बन्न नसके संविधान सभा स्वतः विघटन हुने र त्यसपछिको विकल्पका रूपमा अर्को जनादेश अथवा जनमत संग्रह गर्नुपर्ने फैसला सुनाएको सर्वोच्च अदालतले आफंँैले दिएको फैसलाको उल्टो हुनेगरी संविधान सभा पुनर्स्थापना गर्नसक्ने कुनै संवैधानिक आधार छैन। त्यस्तै राष्ट्रपतिले पनि ज्ञानेन्द्रको सिको गर्नसक्ने सम्भावना छैन। ज्ञानेन्द्रले आफूमा निहित राजकीय अधिकार भन्दै संसद् पुनर्स्थापना गरेका थिए। त्यस किसिमको कुनै अधिकार राष्ट्रपतिसँग छैन।
पछिल्लो पटक संविधान जारी हुनुअघि कांग्रेस सत्तामा जाने सहमति भएको थियो। कांग्रेस एमालेको चिन्ता वास्तवमा संविधान नबनेकोमा भन्दा सत्ताबाहिर रहेर आगामी निर्वाचन लड्नुपर्ने हो कि भन्ने हो।
संविधान सभा र गणतन्त्रको जहाजमा चढेका कांग्रेस र एमाले नयाँ यात्रु हुन्। यो यात्राको सुरुवात् त २०५२ फागुन १ गतेको वि्रदोहमार्फत् एनेकपा (माओवादी)ले गरेको थियो। यो तथ्य कांगेस एमाले दुवैले अस्वीकार गर्न सत्तै्कनन्। हो, पछिल्लो समयमा आएर माओवादी पनि संविधान निर्माणभन्दा सरकार बनाउनेतर्फ बढी लालयित भएको देखिएको थियो। तर माओवादी संविधान सभाको माध्यमाट संविधान निर्माणतर्फ उदासीन देखिनुको अर्थ संविधान सभा र गणतन्त्रको एजेन्डा एमाले र कांग्रेसले ल्याएको भन्ने प्रमाणित हँुदैन।
सिद्धान्त बिर्सेर अनजान ठाउँमा बाटो बिराएको बटुवा जस्तै रनभुल्लमा रहेका एमाले र कांग्रेसका लागि अर्को चोट मधेस हुन पुगेको छ। मधेसमा आफ्नो आधार गुम्दै गरेको यथार्थलाई बलपूर्वक भए पनि आत्मसात् गरिरहेको कांग्रेसका लागि नयाँ निर्वाचन सम्भावना नभएर शंकाका रूपमा रहेको छ। अझ मधेसी मोर्चा र माओवादीबीचको अहिलेको गठबन्धनले मधेसमा कांग्रेस र एमाले एक्लिने निश्चितप्रायः छ। तर राजनीतिलाई सम्भावनाको खेल मानिन्छ। त्यसैले निर्वाचनसम्म राजनीतिक राजमार्गमा सिद्धान्तको बाटो बिराएका दुई बटुवाले आफ्नो गन्तव्यसम्म पुग्नका लागि हातेमालो गर्नसक्ने सम्भावना पनि उत्तिकै छ। तर यो सम्भावना हो, जसले भविष्य निश्चित गर्छ। अहिलेको यथार्थ भने यी दुवै बटुवाका लागि त्यति सुखद छैन। कांग्रेस र एमालेले गरेको अर्को त्रुटि मधेसमा गुम्दै गएको आफ्नो जनाधार बलियो बनाउने प्रयास नगर्नु हो।
लामो समयदेखि आफ्नो आधार रहेका मधेसी जनताको विश्वास आफूबाट गुम्दै गए पनि यसबारे कांग्रेसले कहिल्यै गम्भीर भएर सोचेन। केन्द्रीय स्तरको राजनीतिक बाँसुरी बजाउन मस्त यसका अगुवाले त्यसको आवश्यकतासमेत महसुस गरेनन्। मधेसमा गुम्दै गएको आफ्नो विश्वासको कारणबारे जानकारी लिन कांग्रेसले पहिला आफैसँग प्रश्न गर्नुपर्छ। आखिर किन त्यत्रो ठूलो संख्यामा मधेसी कार्यकर्ता र जनताको आकर्षण कांग्रेसबाट घटेर गयो? त्यसपछि मधेसी जनता र कार्यकर्ताको असन्तुष्टि पत्ता लगाएर त्यो समस्या समाधानको पहल गर्नु जरुरी छ। तर कांग्रेस अहिले पनि त्यतातर्फ नलागेर पछिल्लो समयमा आफूले अवलम्बन गरेको टालटुले राजनीतिलाई नै निरन्तरता दिने पक्षमा देखिएको छ। कुनै पनि राजनीतिक दल र त्यसका नेता कार्यकर्ताको आधार भनेकै राजनीतिक सिद्धान्त र त्यसमा निहित उनीहरूको आस्था हो। त्यही सिद्धान्त र त्यसप्रतिको आस्था एवं विश्वासले नै अगाडि बढ्ने मार्ग फराकिलो गर्छ। तर सिद्धान्तमा विचलन आएपछि भने आत्मविश्वास डगमगाउँछ, अनि समस्या सामना गर्न सकिँदैन। त्यही स्थितिमा अहिले कांग्रेस देखिएको छ। त्यसैले ऊ अहिले पनि अस्थायी समाधानको बाटोमा अलमलिन चाहन्छ। कांग्रेसको यो समस्या मधेसमा मात्र होइन।
गत संविधान सभा निर्वाचनमा कांग्रेस एमालेका अधिकांश उम्मेदवार सदरमुकाम अथवा काठमाडौं बसेर चुनाव लडेका थिए। गाउँको तत्कालीन विषम परिस्थिति भोगिरहेका जनता र आफ्ना कार्यकर्तासमेतबाट टाढिँदै गएको भौगोलिक दूरीले पछि गएर राजनीतिक दूरीको रूप ग्रहण गरेको थियो। त्यस्तो अवस्थामा गाउँघरमा रहेका कार्यकर्ता तथा समर्थकलाई कांग्रेसको फगत सिद्धान्तले मात्र माओवादीको लोभ र धम्कीबाट जोगाउनसक्ने स्थिति पनि थिएन।
अहिलेको स्थितिमा माओवादी स्वयंको हैसियत पनि त्यतिबेलाको जस्तो डरलाग्दो नहुन सक्ला। किनभने माओवादी स्वयं विवादग्रस्त छ। यसका तीन देवको मुख तीनतिर रहेको छ। लाखौँ कार्यकर्ता र जनतालाई आफ्नो बोलाइको मोहजालमा फसाउन सफल पुष्पकमल दाहाललाई बाबुराम र मोहन वैद्यको विरोध मेटाउन हम्मेहम्मे परेको छ। पछिल्लो समयमा सरकारमा रहेकै कारण दाहालले भोग्दै आएको त्यो स्थिति केही सीमासम्म भट्टराईले भोग्दै आएका छन्। अझ वैद्य पक्षधरले नै संविधान सभा निर्वाचनको विरोध गरेपछि माओवादीले निर्वाचनमा सोचेअनुरूपको परिणाम फेला नपार्न सक्छ। त्यसबाहेक निर्वाचन स्वयंका अनेक जटिलता देखिँदै आएका छन्। यस्तो अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन। ढिलो चाँडो यस तथ्यलाई भट्टराई एण्ड कम्पनीले पनि बुझ्नैपर्ने हुन्छ। तर त्यतिले मात्र कांग्रेसको समस्या समाधान भने हुनेवाला छैन। कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्तलाई स्पष्ट पार्दै संगठन विस्तारतर्फ लाग्नुपर्छ। राजनीति तत्कालका लागिमात्र हुँदैन भन्ने सामान्य तथ्य कांग्रेसका नेताहरूलाई थाहा भएकै हुनुपर्छ। अहिले पनि लोकतन्त्रको चाहनामा कांग्रेसतर्फ नै जाने आँखाको संख्या कम छैन। त्यसैले कांग्रेसले आफ्ना कार्यकर्तालाई संगठन विस्तारको प्रक्रियामा जान प्रेरित गर्नुपर्छ। त्यसै पनि द्वन्द्वकालमा विस्तापित कार्यकर्तासँगै सिद्धान्तले पनि गाउँघर जो छाडेको छ।

 

 

 

प्रतिक्रियाहरू (1)Add Comment
0
yadunandan dhakal
June 06, 2012
49.244.242.20
भोट: +0
...

आर्थिक व्ययभार, समयको विनाश र त्यसले निम्त्याउने अराजकता र अस्थिरतालाई हटाउन दलहरूका बिच संविधानका विवादित विषय र आगमाी चुनावी सरकार समेतमा सहमति निर्माण गरी सीमित (एक हप्ता) समयका निम्ति संविधान सभाको पुनस्र्थापना गरेर अघि बढ्ने कुरा उत्तम विकल्पमै पर्दछ ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता