सरकारविरुद्ध १६ दल आन्दोलनमा (संयुक्त वक्तव्यको पूर्णपाठ सहित)

E-mail Print
(3 votes, average 2.67 out of 5)
काठमाडौं, जेठ १९ (नागरिक)- कांग्रेस-एमाले लगायत प्रधानमन्त्रीको चुनाव घोषणा असंवैधानिक ठहर गरेका १६ दलले सरकारविरुद्ध आन्दोलनमा उत्रिने निर्णय गरेका छन्। एमाले पार्टी मुख्यालय बल्खुमा बसेको १६ दलको बैठकले आन्दोलनको पहिलो चरणमा सरकारविरुद्ध देशव्यापी सभा गर्ने भएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार जेठ २६ गते १६ दलकै नेतृत्वमा देशव्यापी सभा गर्ने कार्यक्रममा सहमति भएको छ।

माओवादीले 'सत्ता कव्जा' को रणनीति अनुसार संविधानसभा नियोजित रुपमा विघटन गरी चुनाव घोषणा गरेको बैठकको ठहर छ। बैठकले देशव्यापी सभा मार्फत माओवादीको सत्ताकव्जाको रणनीतिलाई जनतासामु पुर्‍याउने निर्णय समेत गरेको छ। उनीहरु कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्रीले तत्काल राजीनामा गरी राष्ट्रिय सहमतिको बातावरण बनाउन पनि माओवादी नेतृत्वलाई आग्रह गरेको छ।

उनीहरुद्वारा जारी संयुक्त वक्तव्य
नेकपा (एमाले) केन्द्रीय कार्यालय, मदननगर बल्खुमा आज बसेको विभिन्न १९ राजनीतिक दलहरुको बैठकले संविधान घोषणा नगरी संविधानसभाको विघटन र निर्वाचनको घोषणापश्चात् उत्पन्न राजनीतिक स्थितिको गम्भीररुपमा समीक्षा गर्‍यो। संविधानसभामा भएका महत्वपूर्ण कामहरुलाई सुरक्षित राख्दै राजनीतिक सहमतिको आधारमा संवैधानिक रिक्तता र राजनीतिक संकट आउन नदिई अगाडि बढ्न सकिने विभिन्न विकल्पहरु हुँदाहुँदै प्रधानमन्त्रीले सत्ताकब्जाको गलत मनसाय एवम् संविधान, कानून, प्रक्रिया र सहमतिको राजनीति विपरित स्वेच्छाचारी किसिमले गर्नुभएको संविधानसभाको निर्वाचन हुनसक्ने अवस्था नै छैन। राजनीतिक दलहरुसँग कुनै परामर्श नगरी तथा संविधानसभाका अध्यक्ष एवम् राजनीतिक दलहरुले संविधानसभामा भएका उपलब्धिहरुको रक्षा गर्दै देशलाई रिक्ततामा जान नदिन गरेकोे प्रस्तावलाई समेत अस्वीकार गरी एकलौटीरुपमा निर्वाचनको घोषणा गर्नु संविधान र राजनीतिक दलहरुका बीच भएका सहमतिको विरुद्ध रहेको छ र यसले राष्ट्रिय राजनीतिलाई सहमतिको मार्गबाट द्वन्द्व र मुठभेडको कुमार्गतर्फ धकेलेको छ। निर्वाचनको लागि आवश्यक संवैधानिक व्यवस्था तथा कानूनीलगायतका व्यवस्थापन पक्षप्रति पनि पूर्ण बेवास्ता गर्दै संविधानसभाको निर्वाचन घोषणामार्फत सत्तामा टाँसिरहने चालबाजी गरिएको छ। यसबाट विभिन्न आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक, पछि पारिएका वर्ग, क्षेत्र र समुदायको संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी गरी आफ्नो हक-अधिकार सुरक्षित गर्ने आकांक्षामाथि तुषरापात भएको छ। प्रधानमन्त्री र एनेकपा (माओवादी) को नेतृत्वबाट भएको यस्तो गैरजिम्मेवार निर्णयको हामीले भर्त्सना गरिसकेका छौं।
प्रधानमन्त्री केबल कामचलाउ अवस्थामा रहेको तथ्य स्पष्ट भइसकेको अवस्थामा देशलाई अझ संकटतर्फ नधकेल्न राष्ट्रिय सहमतिका साथ सरकार संचालन गर्नुपर्ने संवैधानिक प्रावधानलाई समेत ध्यान दिदै वर्तमान सरकारलाई हटाई अन्तरिम सरकारको मर्म र भावनाअनुरुप नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गरी देशमा उत्पन्न संवैधानिक र राजनीतिक समस्यालाई राजनीतिक सहमतिका साथ समाधान गर्नुपर्छ। संविधान तथा राजनीतिक दलहरुका बीच विगतमा भएका सहमतिहरुअनुरुप राष्ट्रिय सहमतिको आधारमा मात्र राजनीतिक गतिरोधको अन्त्य गरी देशलाई निकास दिन सकिने कुरा स्पष्ट छ। यसतर्फ पूर्णरुपले बेवास्ता गर्दै सर्वसत्तावादी सोंच र शैलीका साथ अनेकौं छलकपटमा रहेको यस सरकारका विरुद्ध हामी निरंकुशता र सत्ताकब्जा रोकी लोकतन्त्रको रक्षा गर्न, नयाँ संविधान निमार्णको संवैधानिक निकास दिन र राष्ट्रिय राजनीतिलाई सहमतिको दिशामा फर्काउने गरी अघि बढ्न देशव्यापीरुपमा शान्तिपूर्ण संघर्षमा उत्रिन आम जनमुदायमा हामी हार्दिक आव्हान गर्दछौं। यसै सिलसिलामा यही जेठ २६ गते काठमाडौं खुलामञ्चमा हुने विशाल विरोधसभामा सहभागी हुन सम्पूर्ण जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं।
संघर्षका अन्य कार्यक्रमहरु क्रमिकरुपमा अगाडि सार्न सहमत भएका छौं।
क्र.सं. राजनीतिक पार्टी नाम पद हस्ताक्षर
१ नेपाली काँग्रेस सुशील कोइराला सभापति

२ नेकपा (एमाले) झलनाथ खनाल अध्यक्ष
३ राष्ट्रिय जनशक्ति पार्टी सूर्यबहादुर थापा अध्यक्ष
४ राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपतिशम्शेर ज.ब.रा अध्यक्ष
५. नेकपा (माले) सी.पी. मैनाली महासचिव

६ जनमोर्चा, नेपाल साध्यबहादुर भण्डारी महासचिव
७. चुरेभावर राष्ट्रिय पार्टी केशव प्रसाद मैनाली अध्यक्ष
८ समाजवादी जनता पार्टी हिक्मतबहादुर देउवा प्रवक्ता

१० नेपाल सद्भावना पार्टी (आनन्दी देवी) देवेन्द्र मिश्र अध्यक्ष
११ राष्ट्रिय जनवादी मोर्चा नेपाल कुलबहादुर मोक्तान महासचिव
१२ नेपाल लोकतान्त्रिक समाजवादी उपेन्द्र गच्छदार अध्यक्ष
१३ नेकपा (संयुक्त मार्क्सवादी) लोकनारायण सुवेदी अध्यक्ष
१४ संयुक्त जनमोर्चा नेपाल डा. भरत लामिछाने अध्यक्ष
१५ नेकपा (एकीकृत क्रान्तिकारी) हिमलाल पुरी प्रवक्ता
१६ नेकपा (मार्क्सवादी) माधव ज्ञवाली अध्यक्ष
१७ नेकपा (माले जनसमाजवादी) विष्णुराज अर्याल अध्यक्ष
१८ नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक) हुकुम बहादुर लामा अध्यक्ष
१९ चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल भूमिराज निरौला महासचिव

१९जेठ २०६९

 

प्रतिक्रियाहरू (7)Add Comment
0
sanjiv gyawali
June 01, 2012
49.244.208.53
भोट: +0
...

dherai ramro kura yastai hunu par6

0
krishna neupane
June 01, 2012
116.90.224.116
भोट: +0
...

माओबादीले देस डुबाउने भयो

0
naren
June 01, 2012
183.97.83.5
भोट: +0
...

यी सबै मन्डले हुन्। अब कुनै पार्टीको होईन गैर राजनीतिक बौद्दिक व्यक्ति हरूले संबिधान बनाउनु पर्छ। जसलाई भावी दिनमा आफ्नो राजनीतिक स्थानको कुनै चिन्ता नहोस्। त्यो स्वच्छ संबिधानले नयाँ नेपालको वस्तबिक सुन्दर भविष्य कोर्नेछ ।

0
ss mandal
June 01, 2012
49.244.239.208
भोट: +1
...

नेताहरुको नौटंकी चूनाव भाँडने षडयन्त्र :

सर्वोच्च अदालतको म्याद थप्न नपाईने पटक पटकको आदेश, तीन महिना म्याद थप्ने बिधेयक प्रस्तुत गर्दा सोको बिरुद्ध काँग्रेस एमालेको उफ्राई अनि काँग्रेसको मंत्रीहरुको राजिनामा, म्याद थप्ने बिधेयकको बिरुद्धमा परेको चार रीट र सर्वोच्चको म्याद थप्न नपाईने पून:को निर्णयबाट सँबिधान नबने सँबिधान सभाको बिगठन निश्चित रहको अवस्थामा दलहरु एक अर्काप्रति आरोप प्रत्यारोप गरि पानी माँथि ओभानो बन्ने नाटक देख्दा अचम्म लागेको छ ।

संघीयता र राज्य पूर्नसंरचना सम्बन्धी समितिको प्रतिबेदन नमान्ने, आयोगको प्रतिबेदनलाई लात हान्ने, पहिचान सहितको पक्षमा अत्यधीक हस्ताक्षर बुझाउँदा पनि परबाह नगर्ने, 8 /10 जना एकल जातियहरुले बन्द र अन्धयारो कोठामा गरेको निर्णयलाई राष्ट्रिय सहमतिको खोल ओढाएर अरु 590लाई जबर्जस्ती मान्न लगाउने अनि अहिले फेरी राष्ट्रिय सहमति भत्काएको आरोप प्रत्यारोपको नाटक हेर्दा शर्म लागिरहेको छ ।

जनताका प्रतिनिधीबाट सँबिधान लेखिनु पर्दछ भन्ने मान्यता बोकी हजारौँले बलिदान दिँदापनि उही शासक र शासक जातिको भीँडहुने कथित आयोगको निर्माण गरि सँबिधान लेख्न चाहनेहरु नै सँबिधानसभा बिगठन गराउने बास्तविक षडयन्त्रकारी हुन । जनताको भीँड मन नपराउने, हरेक बर्ग समूदायको प्रतिनिधीत्व हुने सँबिधान सभाबाट डराउने र यस बाहेकका एकल जातिय बर्गीय भीँड रहेको संस्था मार्फत सँबिधान ल्याउन चाहनेहरुले अनेक नौटंकीहरु देखाई घोषित सँबिधानसभाको चूनाव भाँडने निश्चित छ ।

0
Sujan Thapa Magar
June 01, 2012
49.244.142.194
भोट: +0
...

balla balla iniharuko jagir khulechha aba. la hai garnu parchha katti berojgar bhayera basnu.

banda hadtal chahi nagara hai sathiharu ho mero sallaha feri janata ko gorkhe louri khanu parla ni.

0
Ishwor shrestha
June 03, 2012
49.244.249.4
भोट: +0
...

sambidhan sabha bhanga hunu ma e 19 dal k jembewar chhainan ra kasto gajab ko des bhayo hamro. .alikati laj mandainan e 19 dal ka netale. chokho banne kosis nagar sabai autai dyang ko sadeka mula hau.

0
Ishwor shrestha
June 03, 2012
49.244.249.4
भोट: +0
...

sambidhan sabha bhanga hunuma e 19 party ka neta k jimbawar chhainan ra? K gajab ho a jalai je lagyo tyai gardai, bhandai hidne ajhai nepal band garne hola hain. 1 hapta bhayo nepal khuleko sarba sadharan le chura ra pani khayar baseko samachar padhe holanan ni ab badhi hoinan. janta bheda hoinan sabai dal le loppa khai sake aba palo afulai thulo party bhanne ko chunab bhaya 1 chans. lai

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता