Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 05th

राष्ट्रपतिद्वारा न्यायाधीस बमप्रति श्रद्धान्जली

E-mail Print
(3 votes, average 2.33 out of 5)
काठमाडौं, जेठ १९- राष्ट्रपति रामवरण यादवले अपरिचित व्यक्तिको गोली प्रहारबाट मृत्यु भएका सर्वोच्च अदातलका न्यायाधीश रणबहादुर बमको पार्थिव शरीरमा श्रद्धान्जलि व्यक्त गरेका छन्।

आज बिहान ८ देखि ११ बजेसम्म सर्वोच्च अदालत प्राङ्गणमा राखिएको न्यायाधीश बमको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रपति यादव ११:१५ बजे अदालत परिसर पुगेका थिए।

सर्वोच्च अदालतको हिजो बसेको पूर्ण बैठकले स्व बमको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिने र बिहान श्रद्धान्जलिका लागि अदालत परिसरमा राख्ने निर्णय गरेको थियो।

अदालत परिसरमा श्रद्धान्जली व्यक्त गर्नका लागि प्रधानमन्त्री बाबुराम भट्टराई, सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र पूर्व सभामुख सुवास नेम्वाङ उपस्थित थिए।

यसैगरी पूर्वमन्त्रीहरु, सभासद्, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकार मुख्यसचिव, कर्मचारी, समाजसेवी, कानुन व्यवसायी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुलगायतको सहभागिता थियो।

न्यायाधीश बम बिहीवार बङ्गलामुखी दर्शन गरी बा ८ च ९८५३ नम्बरको गाडीमा फर्कने क्रममा ललितपुरको शङ्खमूलस्थित युएनपार्कमा उहाँमाथि गोली प्रहार भएको थियो भने उपचारका क्रममा उहाँको नर्भिक अस्पतालमा उपचारको क्रममा दिउँसो १:३० बजे निधन भएको थियो।

सशस्त्र प्रहीको एक टुकडीले सलामी अर्पण गरेपछि अहिले स्व बमको पार्थिव शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाटतर्फ लगिएको छ।

स्व बमका एक श्रीमती, दुई छोरा र एक छोरी छन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता