Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

न्यायाधीश बम हत्या बारे सुरक्षा समितिमा छलफल

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, जेठ १९- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको दिउँसै राजधानीमा गोली हानेर हत्या गरिएपछि राजधानीलगायत देशभरिको सुरक्षास्थितिबारे राष्ट्रिय सुरक्षा समितिको बैठकमा छलफल भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकमा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था के कसरी मिलाउने भन्ने विषयमा छलफल भएको छ।


बैठकमा शान्तिसुरक्षाको समग्र अवस्थाका बारेमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी मागेका थिए।

राजधानीजस्तो सुरक्षा सक्रियता रहेको स्थानमा नै न्यायाधीशजस्तो व्यक्ति असुरक्षित भएको भन्दै सबैतिरबाट चर्को आलोचना भएपछि प्रधानमन्त्री भट्टराईले हिजो नर्भिक अस्पताल परिसरमा नै सुरक्षा समितिको बैठक बोलाएर समग्र सुरक्षा स्थितिबारे मूल्याङ्कन गर्ने बताएका थिए।

प्रधानमन्त्रीले आजको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरुसँग किन सुरक्षा कमजोरी भयो भन्दै जिज्ञासा राख्नुभएको बुझिएको छ। प्रधानमन्त्रीले बैठकमा तत्काल सुरक्षा व्यवस्थामा सुधार गर्न, सुरक्षा रणनीति बदल्नुपरे पनि बदल्न र जनतालाई सुरक्षाको भरपर्दो रुपमा महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको थियो।

बैठकपछि यस विषयमा कोही कसैले बोल्न नचाहेकाले के निर्णय भयो भन्ने बारेमा कुनै औपचारिक जानकारी भने प्राप्त गर्न सकिएको छैन।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारको पनि उपस्थिति रहेको थियो। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता