Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

पूर्वप्रधानमन्त्री थापालाई सघन उपचार कक्षबाट सारियो

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं जेठ ३१-राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्यमा सन्तोषजनक सुधार आएपछि उनलाई सघन उपचार कक्षबाट भिआइपी कक्षमा सारिएको छ। जेठ २७ गते बिहान उनलाई हृदयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरी सघन उपचार कक्षमा राखेर उपचार सुरु गरिएको थियो।

पार्टीका सह-प्रवक्ता किरण गिरीले अध्यक्ष थापाले सामान्य बोलचाल र खानपिन गरी स्वास्थ्यलाभ गर्नुभएकाले मङ्गलबार साँझ सघन उपचार कक्षबाट भिआइपी कक्षमा सारिएको बताए।

अध्यक्ष थापाको उपचारका क्रममा भारतबाट आरआर काशीवालको नेतृत्वमा आएको एक विशेषज्ञ टोलीले विशेष उपचार उपलब्ध गराई भेन्टिलेटरमा राखी अस्थायी पेसमेकरद्वारा कृत्रिम श्वासप्रश्वास गराइएको थियो।

सहप्रवक्ता गिरीले उनको स्वास्थ्य अहिलेकै अवस्थामा सुधार हुँदै गएमा एकसाताभित्र डिस्चार्ज हुनसक्ने चिकित्सकले बताएको जानकारी दिए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता