Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

बोक्सीको आरोपमा चरम यातना

E-mail Print
(1 vote, average 1.00 out of 5)
भीम चापागाईं, इलाम, जेठ ३१- जिल्लाको दुर्गम एकतप्पा गाउँ विकास समितिकी एक महिलाले बोक्सीको आरोपमा चरम यातना पाएकी छिन्। एकतप्पा-७ की ३८ वर्षीया पदममाया यो∙हा∙ले आफनै श्रीमानको मिलेमतोमा यातना पाएको प्रहरीले जनाएको छ।

पेट दुखेर विरामी परेकी उनलाई जेठ २ गते धामी ल्याएर श्रीमान् जगतबहादुर यो∙हा∙ले उपचार गराएका थिए। पाँचथरको चिलि∙देन घर भएकार् धामी' फौदसिंह लिम्बूले उनलाई खड्कुँडा (ठूलो तामाको भाँडो) मा पानी उमालेर हात हात चोब्न लगाउँदै माथिबाट सिरकले छोपेको स्थानीय मानव अधिकार संरक्षण समिति अध्यक्ष लोकबहादुर थापाले नागरिकलाई बताए। उनले भने र् जेठ २ गतेको घटना यतिका दिनसम्म घरमै लुकाइछिपाइ राखिएको रहेछ। बाहिर हल्ला भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बास्तविकता थाहा भएको हो।'

स्थानीय एक महिला स्वयंसेविकाका अनुसार पीडितले आफूलाई धामीले पानी उमालेर हात चोब्न लगाएको, हात चोबेपछि माथिबाट बोक्सीको शक्ति झार्न भन्दै चारवटा सिरकले छोपेर त्यहाँमाथिबाट श्रीमानसहितका युवाले थिचेका थिए। बेहोस भएपछि पीडितले चिच्याउँदार् बोक्सी कराउन थाली अझै थिचेर हावा छिर्न नदिनू' भन्ने धामीलेर् निर्देशन' दिएको उनले बताइन्। श्रीमान् जगत र स्वयंम् पीडितले भने यातना नभई खोलेले हात पोलेको उत्तर दिए। तर, अध्यक्ष र स्वयम्सेविकाले भने घटनालाई वास्तविकताबाट मोड्न पीडितलाईसमेत डर देखाएको हुनसक्ने बताइन्। उनले भनिन् र् हिजोसम्म मलाई स्वयम् पीडतले घटनाको बेलिविस्तार लाएकी हुन्। अहिले कसैले डर देखाएको हुनसक्छ।'

धामी भनिएका फौदसिंह पीडितकै भदा (माइतीपट्टिको दाजुभाईको छोरा) भएकाले कार्वाहीका लागि डराएको हुनसक्ने श्रोतले जनाएको छ। प्रहरी निरीक्षक गणेश बाँस्तोलाले उपचारका नाममा ज्यान मार्ने प्रयासजस्तो देखिएको प्रतिक्रिया दिए। उनले भनेर् उमालेको पानीमा हात चोब्न लगाउँदा उपचार हुँदैन। यो यातना नै हो भन्ने सामान्य व्यक्तिले पनि जान्ने कुरा हो।

लोकबहादुरले घटनाबारे आफूलाई थाहा भएपछि बुधबार जिल्ला प्रशासन कार्यालयमा जानकारी दिएका थिए। उनले घटनालाई लुकाउने प्रयास भइरहेकाले पीडितलाई न्याय दिलाउन पनि आग्रह गरे। पीडित महिलाको सदरमुकामस्थित डा. मेघबहादुर पराजुली सामादायिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनको दुवै हात पानीले फतक्क हुनेगरी पोलेर कुहिएके जस्तो भएको प्रहरी निरीक्षक बाँस्तोलाले बताए। स्थानीय जनकल्याण माध्यमिक विद्यालयका अध्यक्षसमेत रहेका श्रीमान जगतलाई प्रहरीले अनुसन्धानका लागि बुधबार अस्पतालबाटै नियन्त्रणमा लिएको छ। प्रहरीले बोक्सीको आरोप हो या होइन भन्ने अनुसन्धानकै क्रममा रहेको प्रतिक्रिया दिएको छ। परिवार नियोजनको अस्थायी साधन पिल्स सेवन गर्दै आएकी उनी पटकपटक पेट दुखेर थला परेको पदमले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता