Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

एमालेद्वारा फरक विचार राख्‍नेहरुलाई पार्टी काममा फर्कन आह्वान

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, जेठ ३१ (नागरिक)- नेकपा एमालेको स्थायी कमिटी बैठकले असन्तुष्ट जनजाति नेताहरु छलफल प्रक्रियामा सहभागी हुनुलाई सकारात्मक भनेको छ। बैठकले पार्टी निर्णय कार्यान्वयन गर्न र पार्टी काममा फर्कनेहरुलाई फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा व्यवहार नहुने पनि स्पष्ट गरेको छ।

बैठकपछि एमालेले निकालेको प्रेस वक्तव्य
आज नेकपा (एमाले) स्थायी कमिटीको बैठक अध्यक्ष कमरेड झलनाथ खनालको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय मदननगर, काठमाडौंमा बस्यो। बैठकले, निम्न निर्णय लिएको छ :

१. राज्यको पुनःसंरचनाको बिषयमा पार्टीसँग असन्तुष्ट रहनुभएका कमरेडहरुले स्थायी कमिटीको आमन्त्रणमा छलफलको प्रकृयामा सहभागी भएर आ–आफ्ना विचारहरु ब्यक्त गर्नुभएको छ। पार्टीले उक्त कदमलाई सकारात्मक रुपमा लिएको छ।

२. नेकपा (एमाले) अन्तरपार्टी लोकतन्त्रका दृष्टिले उन्नतस्तरको अभ्यासमा अभ्यस्त पार्टी हो। पार्टीका हरेक नेता – कार्यकर्तालाई कुनै पनि विषयमा स्वतन्त्रतापूर्वक विचार निर्माण गर्ने, बहस–छलफल चलाउने र सम्बद्ध कमिटी एवम् सिङ्गो पार्टीलाई आफ्नो विचारको पक्षमा सहमत तुल्याउने अकुण्ठित अधिकार छ। स्थायी कमिटीले पार्टीका सम्बद्ध बैठकहरुमा उपस्थित हुन, आफ्ना मत वा फरक मतलाई अन्तरपार्टी छलफलको विषय बनाउन, लोकतान्त्रिक विधिका आधारमा निर्णयमा पुग्न र निर्णयहरुलाई निष्ठापूर्वक कार्यान्वयन गर्न सम्बद्ध कमरेडहरुलाई आव्हान गरेको छ। त्यसरी नै, पार्टी काममा फर्किनुहुने कमरेडहरुलाई फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा ब्यवहार नहुने पनि स्पष्ट गरेको छ।



विष्णुप्रसाद पौडेल
सचिव
केन्द्रीय सचिवालय
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता