Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

दाहालको एकता प्रस्तावबारे वैद्यले आफू पक्षसँग छलफल गर्ने

E-mail Print
(3 votes, average 2.67 out of 5)
उजिर मगर, काठमाडौँ, जेठ ३१- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि तयार पारेको लिखित प्रस्ताव उपाध्यक्ष मोहन वैद्यले लिएर आफू निकटसँग छलफलमा बसेका छन्। दाहाल पक्षको बुधबार बसेको स्थायी समिति बैठकबाट पारित एकताको लिखित प्रस्ताव वैद्यले लिएर गएका छन्।
 
वैद्य स्वयं दाहाल निवास आएर प्रस्ताव लिएर गएका हुन्।  

स्थायी समितिले पार्टी एकताको अपिल गर्दै विगतका कमजोरीलाइ समीक्षा गर्ने, असहमतिका विषयलाई लिखित गर्ने, विप्पा सम्झौता बारे छलफल गर्ने प्रस्ताव वैद्य पक्षसँग राख्ने निर्णय गरेको थियो।

पार्टीको कार्यदिशा नयाँ जनवादी क्रान्ति हुने, तात्कालिन राजनीतिक परिस्थितिको मूल्याकंन गर्ने, पहिचानसहितको, संघीयतासहितको संविधान बनाएर जाने लगायत विषयलाई दाहालले लिखित रूपमा बुझाएको लाजिम्पाट स्रोतले बतायो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता