Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

एसएलसीले ल्याएको खुशी (फोटो फिचर र भिडियोसहित)

E-mail Print
(11 votes, average 2.18 out of 5)

उपेन्द्र लामिछाने, सानोठिमी (भक्तपुर), जेठ ३२- रुकुमका खगेन्द्र ओली बुधबार बिहानै परीक्षा नियन्त्रण कार्यालय सानोठिमी पुगे। त्यहाँको सूचना बोर्डमा एसएलसीको नतिजा हेर्न पाएनन्। दिनभर त्यहीँ पर्खिए। बरु साँझपख कार्यालयको भित्तामै अडेस लगाएर पास भएको खबर पाए, आफ्नै मोबाइलमा।
'सेकेन्ड डिभिजनमा पास भएछु,' मोबाइलको एसएमएस देखाउँदै उनले भने, 'रिजल्ट कुरेर यहाँ घन्टौं बिताउनुनपर्ने रहेछ।'
ओभरसियर बन्ने लक्ष्यसाथ काठमाडौंमा ब्रिजकोर्स गर्दै गरेका खगेन्द्रले नतिजा हेर्न लामो दूरी पार गरेर यहाँ आए पनि आखिरमा खल्तीकै मोबाइल काममा आएको सुनाए।
परीक्षा नियन्त्रण कार्यालयमा नतिजा सुन्न आएका अधिकांशले त्यहीँ उभिएर आफ्नो मोबाइलबाट नतिजा हेरे। 'मेरी भतिजी डिस्टिङ्सनमा पास भइछे,' बालाजुबाट आएका श्याम पाण्डेयले भने, 'यहाँसम्म धाइयो, रिजल्टचाहिँ आफ्नै हातको मोबाइलमा पाइयो।'
भक्तपुर सानोठिमीस्थित डेरामा बसेर पढ्दै आएकी गौरी लामाले पनि बुधबार दिउँसो मकवानपुर राईगाउँमा रहेका आफ्ना दाजुलाई एसएलसी सेेकेन्ड डिभिजनमा पास भएको खबर मोबाइलबाटै सुनाइन्।
परीक्षा नियन्त्रण कार्यालयनजिकैको साइबरमा परीक्षाफल हेरेलगत्तै उनले दुर्गम गाउँमा रहेका आफ्ना दाजुलाई सफल भएको सन्देश पठाएकी हुन्। 'मोबाइलबाट रिजल्ट हेर्न मात्र होइन, सन्देश पठाउन पनि पाएँ,' उनले भनिन्, 'आज मोबाइल निकै प्यारो लागेको छ।'
एसएमएस र डायलमार्फत रिजल्ट सुन्न मिल्ने व्यवस्थाका कारण परीक्षा नियन्त्रण कार्यालयको भित्तामा परीक्षाको नतिजा भित्तामा टाँसिएन। उसले नेपाल टेलिकमको १६०० सयमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा हेर्न सकिने जनाएको छ।
यसैगरी १४००, २७२२, ५००१, ५२२५, २३३३, ४९४९,५०५० र ८०८०मा एसएमएस गरेर नतिजा हेर्न सक्ने व्यवस्था छ। त्यस्तै, एसएलसी डट एनटिसी डट नेट डट एनपी तथा एसएलसीरिजल्ट डट एसओसिइ डट जिओभी डट एनपीमा सिम्बोल नम्बर र जन्ममिति हालेपछि प्राप्तांक हेर्न सकिने छ।
एकैपटक धेरै विद्यार्थीले नतिजाका लागि मोबाइल प्रयोग गरेपछि नेटवर्क व्यस्त हुँदा धेरै विद्यार्थी तनावमा परे। परीक्षा नियन्त्रण कार्यालय अगाडि रहेका सबैका हात मोबाइलमै थिए। कतिपय नतिजा थाहा पाउनेवित्तिकै फुरुंग देखिन्थे भने कतिपय नतिजा सुन्न नपाउँदा उदास।
नेपालगन्जस्थित एन्जलस स्कुलबाट एसएलसीमा सहभागी पूजा रेग्मी परीक्षाफल थाहा पाउन नसकेपछि तनावमा भेटिइन्। 'न भित्तामा टाँसेका छन्, न मोबाइलमा फेला पर्छ,' आमासँग आएकी उनले भनिन्, 'तीन महिना कुर्न सकियो तर अहिले एकछिन कुर्नसमेत तनाव भएको छ।'











सानोथिमीस्थित शिक्ष विभागमा आयोजित पत्रकार सम्मलेन र परीक्षा नियन्त्रण कार्यालय अगाडि देखिएको दृश्‍य हेर्नुस् :
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता