Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

एसएलसीमा आधाभन्दा बढी फेल

E-mail Print
(0 votes, average 0 out of 5)
रुबी रौनियार, काठमाडौं, जेठ ३२- परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले बुधबार प्रकाशन गरेको एसएलसी परीक्षाको नतिजामा आधाभन्दा फेल भएका छन्।  परीक्षामा सम्मिलित कूल ४ लाख ९६ हजार २८ परीक्षार्थीमध्ये नियमिततर्फ ४७.१६ प्रतिशत र एक्जाम्टेडतर्फ १३.७० प्रतिशत विद्यार्थी पास भएका छन्। 

नियमिततर्फ ४ लाख १९ हजार १९ परीक्षार्थीमध्ये १ लाख ९७ हजार ६ सय ३८ पास भएका छन्।

परीक्षा नियन्त्रक डिल्लीराम रिमालका अनुसार यसपटक दुई विषय फेल भएका परीक्षार्थीलाई बढीमा ५ अंक ग्रेस दिइए पनि नतिजा गत वर्षभन्दा ८.३४ प्रतिशतले घटेको छ। गत वर्ष ५५.५ प्रतिशत विद्यार्थी पास भएका थिए।

यसैगरी एक्जाम्टेडतर्फ ७६ हजार ७ सय ७९ परीक्षार्थीमध्ये १० हजार ५ सय ४९ पास भएका छन्।

यसपटक परीक्षा सकिएको ७६ दिनमा नतिजा प्रकाशन गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। रिमालले भने, 'किन नतिजा घट्यो भन्ने विश्लेषण गरेका छैनौं। विश्लेषण गरेर पछि जानकारी गराउने छौं। जस्तो नतिजा आयो, हामीले त्यस्तै प्रकाशन गरेका हौं।' यसपालि छात्रतर्फ ५१.८१ र छात्रातर्फ ४२.२६ प्रतिशत पास भएका छन्।

दोहोरो रजिस्ट्रेसन फारम भरेकाले केही परीक्षार्थीको नतिजा रोकिएको छ। वास्तविक विद्यालय यकीन भएपछि ती विद्यार्थीको नतिजा प्रकाशन गर्दै लगिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यस वर्ष १७ हजार ७ सय ६० विशिष्ट र ७७ हजार ३ सय ८३ विद्यार्थी प्रथम श्रेणीमा पास भएका छन्। यसैगरी द्वितीय श्रेणीमा सबैभन्दा बढी १ लाख १ हजार ४ सय २५ विद्यार्थी पास भएका छन् । सबैभन्दा कम तृतीय श्रेणीमा ११ हजार ६ सय १९ पास भएका छन्।

एक परीक्षा केन्द्रको परीक्षा रद्द गरिएको र केन्द्राध्यक्षलाई कारबाही अगाडि बढाएको उनले जानकारी दिए।परीक्षामा अनियमित कार्य गर्ने ५ सय १० परिक्षार्थीलाई निष्कासन तथा ९ सय २७ परीक्षार्थीको परीक्षा रद्द गरिएको रिमालले बताए।
यस वर्ष कम नतिजा आउनुको कारण छिट्टै विश्लेषण गरिने
शिक्षा सचिव किशोर थापाले बताए। उनले भने, 'नतिजा घट्नुको कारण विश्लेषण गरी त्यसलाई सुधार्न मन्त्रालयले छिट्टै पहल गर्नेछ।'

प्रत्येक वर्ष एसएलसी पास प्रतिशत घट्दै गए पनि सरकारले त्यसको विश्लेषण नगर्नु गैरजिम्मेवारी भएको शिक्षाविद् केदारभक्त माथेमाले बताए। 'यति ठूलो संख्यामा विद्यार्थी फेल हुनु सरकारी नीतिको असफलता हो,' उनले नागरिकसँग भने, 'कूल परीक्षार्थीमध्येे ५२.८४ विद्यार्थी फेल हुनुे स्कुलको पठनपाठन ध्वस्त भएको उदाहरण हो।' फेल हुने अधिकांश विद्यार्थी सरकारी विद्यालयका छन्। सरकारी विद्यालयमा गरिबका बालबच्चा पढ्ने भएकोले उनीहरू विद्यालयमा नियमति नहुने भएकाले यसको असर परीक्षामा पर्ने गरेको उनको ठहर छ। 'सरकारी स्कुलको शिक्षा सुधार गर्न सरकारले समाजमा विद्यमान गरिबी, असमानता र आर्थिक खाडललाई सम्बोधन गर्नुपर्छ।'

शिक्षाविद् विद्यानाथ कोइरालाले आधाभन्दा बढी परीक्षार्थी फेल हुनुलाई देशको शैक्षिक प्रणाली असक्षम भएको प्रतिक्रिया दिए। शिक्षक र अभिभावकले चिट चोराउने प्रवृत्तिले विद्यार्थीले पढ्न छाडेका र त्यसको असर नतिजामा देखिएको उनको भनाइ छ। सरकारी विद्यालयमा हुने चरम राजनीतिकरण त्यहाँको नतिजा खस्किएको उनले बताए। 'न्युन तलब लिएर पढाउने शिक्षकले निजी स्कुलमा राम्रो नतिजा ल्याएका छन्, सरकारी स्कुलको नतिजा भने वर्षेनी खस्कँदो छ, यसको कारण खोजी हुनुपर्छ,' उनले भने।

परीक्षा नियन्त्रण कार्यालयले दुई विषयमा फेल हुने १ लाख २१ हजार परिक्षार्थीको पुरक परीक्षा साउन १७ देखि २४ सम्म सञ्चालन गर्ने भएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता