Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

रिजल्ट आउनासाथ साइबरमा भीड

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, जेठ ३२ (नागरिक)- बुधबार एसएलसी नतिजाको खबर पाएपछि विद्यार्थीमा कौतुहल बढिरहेकै बेला साइबरमा कुरिरहे, कतिखेर नम्बर हेर्न पाइन्छ भनेर।
मोबाइबाट एसएमएस र टेलिफोनमा व्यप्त रहेका कारण वेबसाइटमै रिजल्ट हेर्न तम्सेका थिए। नयाँ बानेश्वरका साइबरमा रहेका कतिपय साइबरमा वेबसाइटमा आफ्ना दुई भाइको रिटल्टको पर्खाइमा थिए धनन्जय उपाध्याय।
उनीसँगै दुइ भाई राजेश आचार्य र लोकेश उपाध्याय पनि रिजल्टका लागि हतारिएका देखिन्थे। ५ बजेर ४५ मिनेटमा निस्किएको रिजल्टआएको आधि घण्टामा मात्र एसएमएस, वेव र टेलिफोन विधिबाट हेर्न तथा सुन्न पाइने भएपनि अत्याधिक नेटवर्क व्यस्तताका कारण दिलाइ हुन पुगेको थियो।
सामान्य फोन गर्दा समेत धेरै बेरमा मात्र फोन लागेको तथा एसएम एस पनि ढिलाइ भएको थियो। जुम्ला र नेपालगन्जबाट एसएलसी दिएका धनन्जयका दुबै भाइले प्रथम श्रेणीमा पास गरे। यो उनीहरूले साढे सातमा मात्र थाहा पाए वेवसाइडको प्रयोगबाट।'पहिले टेलिफोनबाट आवाज सुनेर पास भएको थाहा पायौं र पछि वेवबाट नम्बर पनि पायौं।' धनन्जयले भने, 'विकाससँगै भएका प्रविधिले पहिलेको जस्तो गोरखापत्र कुरिरहने अवस्था छैन।'
रिजल्टको समयमा साइबरहरूमा विशेष भीडभाड थियो। आइन्स्टाइन साइबरका स्टाफ प्रकास श्रेष्का अनुसार वितेका तीनवर्षमा साइबरमा मात्रै भर पर्ने प्रवृत्ति पनि घटेको छ। उनी कारण भन्छन्, 'इन्टरनेटको पहुच भएपनि रेडियो तथा टेलिफोनबाटै चाडै थाहा पाउँने भएपछि साइबरमा धेरै ढिला आउँने तथा कतिय नआउँने हुन्छन्।'
पुतली सडकका सन्देश न्यौपाने आफ्ना गाउँले आफन्तको नतिजा एसएमएसबाटै भनिदिएको बताए। उनले भने, 'नेटवर्कको व्यस्तताका कारणले हामीले निकै दिला मात्र नतिजा हेर्ने मौका पायौं।'
जेरो पोइन्ट साइबर बानेश्वरी मैया भुजेल पनि यस्तै कुरामा विश्वास गर्छिन। उनी रिजल्ट आउँने वेव पेज हेर्दै रिजल्ट छापिएको नछापएको रिजल्टको पखाइगरेकालाई भन्दै थिइन्, 'रिजल्ट त आइसक्यो तर वेवमा नै राखेनन्। हेर्नुस न। नेटले पनि काम रोकिन्छ कहिले काही।'
'साँझ सातबजेमात्र नेटमा रिजल्ट राख्यो। मान्छेहरूभीडले साइबर जस्तै भएन,' भुजेल भन्दै थिइन्, 'अरु बेला साढ आठ सम्म खुल्ने साइबर नौबजेसम्म पनि बल्ल बल्ल हेर्नेलाई पठाएर हिँडे।' चार वर्षदेखि साइबर सञ्चालनमा रहेकी उनले भीड पहिलेको जस्तै रहेको बताइन्।
आइन्स्टाइनमा प्रकाशले अरुबेलाभन्दा करिब एक घण्टा बढी साइबर खोल्नु परेको बताए। 'भीडले व्यस्थापनमा समस्या पर्ने भएपछि विहानैदेखि हामी तयारीमा थियौं,' उनले भने, 'सोचे भन्दा बढी आए।'
परिक्षा नियन्त्रण कार्यालय भक्तपुर, नेपाल टेलिकम, शिक्षा मन्त्रालय, लगायतले अनलाइन रिजल्ट हेर्ने व्यवस्था गरेका थिए भने आधा दर्जन बढी कम्पनीले एसएमएसबाट नतिजाको व्यवस्था गरेका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता