Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

असार १५ सम्म कांग्रेसको आन्दोलन

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौं, जेठ ३२ (नागरिक)- कांग्रेसले असार १ देखि १५ सम्म सरकारविरोधी देशव्यापी आन्दोलन गर्ने भएको छ। बुधबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समितिले दुई साता आन्दोलन गर्ने निर्णय गरेको हो।
 
कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्दै विरोधका कार्यक्रम गर्दै आएको छ। कांग्रेस एमालेलगायत २७ दलले अघिल्लो साता राजधानीको खुलामन्चमा संयुक्त विरोधसभा गरेका थिए।

बैठक बिहीबार पुनः डाकिएको छ। बिहीकारको बैठकमा नौ महिनादेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएका वरिष्ठ नेता शेरबहादुर देउवा पनि थिए। पार्टीका तीन भ्रातृ संस्था तरुण दल, महिला संघ र नेविसंघ पुनर्गठन गर्ने सहमति भएपछि देउवा पक्ष बैठकमा सहभागी भएको हो।

बुधबारको बैठकमा भने तीनै भ्रातृ संस्थाको सदस्यको नामावली टुंगो लगाउन बाँकी भएकाले देउवा पक्ष सहभागी थिएन। बिहीबार बिहान सभापति सुशील कोइरालाले तीन भ्रातृ संस्था पुनर्गठन गरेर देउवा पक्षीय सदस्यहरु थपेपछि उनीहरु दिउँसो एक बजे हुने बैठकमा सहभागी हुनेछन्।

कोइराला र देउवाबीच नेविसंघमा २२, महिला संघमा १० र तरुण दलमा १० सदस्य थप गर्ने सहमति भएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता