Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

एमालेमा फरक विचार राख्नेलाई कारबाही नहुने

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, जेठ ३२ (नागरिक) - एमालेले फरक विचार राखेकै आधारमा कुनै पनि सदस्यमाथि कारबाही नहुने भन्दै नेता-कार्यकर्तालाई पार्टी काममा सक्रिय हुन आह्वान गरेको छ।

बुधबार स्थायी कमिटी बैठकले असन्तुष्ट नेताहरुलाई पार्टीका बैठकहरुमा उपस्थित भएर लोकतान्त्रिक विधिअनुरुप आफ्ना धारणा राख्न आग्रह गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा पार्टी काममा फर्कने नेता तथा कार्यकर्तामाथि फरक विचार राखेकै आधारमा कारबाही वा अन्यथा व्यवहार नहुने उल्लेख छ।

यसअघि स्थायी समितिकै बैठकले पार्टी नीतिप्रति असन्तुष्ट राजेन्द्र श्रेष्ठलाई उपत्यका संयोजकबाट हटाई उक्त ठाउँमा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलाई ल्याएको थियो। आफूहरुलाई फरक विचार राखेकै आधारमा कारबाही हुन सक्ने असन्तुष्ट नेताहरुले पार्टी नेतृत्वप्रति चिन्ता व्यक्त गरेका थिए।

सचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा छ, 'कार्यकर्तालाई कुनै पनि विषयमा स्वतन्त्रतापूर्वक विचार निर्माण गर्ने, बहस छलफल चलाउने र सम्बद्ध कमिटी तथा सिंगो पार्टीलाई आफ्नो वैचारिक पक्षमा सहमति गराउने अकुण्ठित अधिकार छ।'

एमालेका असन्तुष्ट जनजाति तथा मधेसी नेताहरुले जेठ ९ यताका सबै बैठक बहिस्कार गर्दै आएका छन्।

उपाध्यक्ष अशोक राई, प्रभावशाली नेताहरु पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा, विजय सुब्बा, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङसहितका प्रभावशाली जनजाति तथा मधेशी मूलका नेताहरुले पार्टी बैठक बहिस्कार गर्दै आएका छन्। राईले सोमबारको स्थायी कमिटी बैठकले आफ्ना कुरा बैठकमा राख्न आग्रह गरेपछि मंगलबार असन्तुष्ट पक्षका तर्फबाट राईले नौबुँदे लिखित असहमति राखेका थिए।

उनीहरुले एकल जातीय पहिचानका आधारमा प्रदेश निर्माण गर्ने सहमति गरी छोटो समयका लागि संविधानसभा ब्युँताउने नीति लिन पार्टीलाई सुझाएका थिए।

स्थायी कमिटीले असन्तुष्ट नेता छलफल प्रक्रियामा सामेल हुनु सकारात्मक भनेको छ।
स्थायी कमिटीमा मिश्रित जातीय पहिचानसहितको सात प्रदेशको प्रस्ताव कार्यकर्तामाझ लैजानेबारे प्रारम्भिक छलफल भएको स्रोतले जनाएका छन्। बुधबारको बैठकमा असार ४ र ५ गते राजधानीमा हुने राष्ट्रिय कार्यकर्ता भेलामा प्रदेशको नाम र सीमा प्रस्तावका रुपमा लैजाने विषयमा कुराकानी भएको थियो।

बैठकमा कोसी-लिम्बुवान-किराँत, जनकपुर-मिथिला-भोजपुरा, बाग्मती-नेवा-ताम्सालिङ, लुम्बिनी-थारुहट-अवध, सेती-महाकाली र कर्णाली गरी सात प्रदेशको नाम सुझाइएको बुझिएको छ।

'जातीय, भाषिक र सांस्कृतिक पहिचानलाई पूर्ण सुनिश्चित गर्ने गरी सात प्रदेश निर्माण गरिने प्रस्तावको कार्यकर्ता भेलामा लैजाने तयारी भएको छ,' स्रोतले भन्यो। बहुभाषिक, बहुधार्मिक तथा बहुसंस्कृतिक मुलुक भएजस्तै त्यसको प्रदेशको विभाजन पनि सोही चरित्रका आधारमा गरिनुपर्ने बताइएको छ। कुनै जातिविशेषले आग्रधिकार तथा आत्मनिर्णयको अधिकार प्राप्त नगर्ने किसिमका संघ बनाउने बारे बैठकमा छलफल भइरहेको स्रोत जनाउँछ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता