Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्ने

E-mail Print
(0 votes, average 0 out of 5)
किरण चापागाइँ, काठमाडौँ, जेठ ३२- विपक्षी दलहरुले विरोध गरिरहे पनि राष्ट्रपति रामवरण यादवले सम्पति शुद्धिकरण (एन्टी मनी लाउन्डरिङ)सँग सम्बन्धित तीन वटा अध्यादेशलाई अनुमति दिने तयारी गरेका छन्।  राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले अरु अध्यादेश भने राजनीतिक सहमतिबाट ल्याउनु पर्ने सल्लाह दिनेछन्।
 सम्पति शुद्धिकरण सम्बन्धी तीन वटा अध्यादेश पारित नभए रोममा आउँदो जुन १८ मा हुने फाइनान्सियल एक्सन टास्क फोर्सको बैठकले नेपाललाई कालो सुचीमा राख्दैछ। त्यसबाट जोगिन अध्यादेश जरुरी रहेकोमा राष्ट्रपति विश्वस्त रहेको स्रोत बताउँछ।

स्रोत बताउँछ- "राष्ट्रपतिले जुन १८ सम्म दलहरुलाई सहमति गर्न सुझाव दिइरहने छन्। तर सहमति नभए पनि देशको छविसँग सम्बन्धित भएकोले ती अध्यादेशहरु अनुमोदन गर्नेछन्।" टास्कफोर्सले नेपाललाई जुन १८ सम्म कानुन ल्याउनु पर्ने समय सीमा तोकेको छ। 

स्रोतका अनुसार बजेट जस्ता अध्यादेशहरुलाई भने राष्ट्रपतिले सहमतिमै ल्याउन जोड दिनेछन्। 

कङ्ग्रेस, एमालेसहित २२ दलले सरकारले ल्याउन लागेका कुनै पनि अध्यादेश पारित नगर्न राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका छन्। 

अन्तरिम संविधानको धारा ८८ ले  संसद अधिवेशन नभएको बेला आवश्यक परे मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ। तर संसदको बैठकले त्यसलाई पारित गर्नुपर्ने प्रावधान पनि त्यसमा छ। संसद्‍को बैठक बसेको ६० दिनभित्र अध्यादेश पारित नभए स्वतः निस्क्रिय हुनेछ। संविधान सभाको स्वतः अवसान सँगै देशमा व्यवस्थापिका संसद पनि रिक्त रहेको अवस्था अहिले छ। 
प्रतिक्रियाहरू (2)Add Comment
0
arjun shrestha
June 14, 2012
123.136.106.21
भोट: +4
...

malai lagchha hamra rastrapati le gareko nirnaye yekdam sahi ho. yesma hami sara nepali janata rastrapatilai support garnechhau.

0
raman
June 14, 2012
115.187.16.1
भोट: -4
...

tara ukta kadam najir nabanos. kamchalau sarkar bhanne bidheyak pass garaundai jane ho bhane nirankush shashan ladina sakchha. Najir nabanos bhannetira pani dhyan dineki/

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता