शिक्षा नीति र परीक्षा प्रणाली परिमार्जन गर्न ढिलो भयो : शिक्षा सचिव

E-mail Print
(0 votes, average 0 out of 5)
एसएलसी नतिजाबारे कसले के भने ?-
काठमाडौं, जेठ ३२ (नागरिक)- शिक्षा सचिव किशोर थापाले शिक्षा नीति र परीक्षा प्रणाली परिमार्जनमा ढिलो भइसकेको बताएका छन्। एसएलसी परीक्षाको नतिजा प्रतिशत घट्नुको दोष र कारक तत्त्व पहिचानका सन्दर्भमा बोल्दै उनले राजनीतिक क्षेत्रले तत्काल छलफल गरेर नयाँ शिक्षा नीति परिवर्तन गर्नुपर्ने धारणा राखे।
उनले मुलुकमा धेरै परिवर्तन भइसके पनि शिक्षा नीतिमा परिवर्तन हुन नसकेकाले शिक्षा क्षेत्रमा सुधार गर्न नसकिएको भन्दै समाजलाई परिवर्तनअनुसार नै अगाडि बढाउन तत्काल शिक्षा नीतिमा परिवर्तन हुनुपर्नेमा जोड दिए।

उनले भने- समाज र समय धेरै परिवर्तन भइसक्यो, अब शिक्षा नीति र परीक्षा प्रणालीमा पनि तत्काल परिवर्तन आवश्यक छ। विद्यालय प्रशासनको नेतृत्वदायी संस्था भएकाले एसएलसी परीक्षाको नतिजा निराशाजनक आउनुको जिम्मेवारी शिक्षा मन्त्रालय र नेतृत्व गर्ने सचिव भएको नाताले आफूले लिने भन्दै सचिव थापाले परीक्षा र शिक्षाको अवस्थामा सुधार आउन सबैभन्दा पहिला राजनीतिक अवस्थामा सुधारको आवश्यकता औल्याए।

उनले शिक्षा मन्त्रालयले विज्ञहरुको सहयोग लिएर उत्तरपुस्तिका परीक्षण, विद्यार्थी र शिक्षकसँग कुराकानी गरेर परीक्षाफल कम हुनुको कारणको अनुसन्धान गरेर सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले परीक्षार्थीले निर्धक्क परीक्षा दिन नसक्नु, उत्तरपुस्तिका परीक्षणमा कमजोरी हुनु, परीक्षा केन्द्र बाहिर बाहिरियाको हस्तक्षेप हुनुलगायतका विषयले पनि नतिजामा कमी आएको बताए।

शिक्षा मन्त्रालयका सहसचिव जनार्दन नेपालले शिक्षा नीतिको संयोजनकारी निकाय शिक्षा मन्त्रालय भएकाले परीक्षाको व्यवस्थापनमा भएका कमजोरी आफूहरुले स्वीकार गर्ने भन्दै नतिजाको विषयमा अनुसन्धान गरेर प्रयोगका रुपमा नयाँ पद्धति लागु गर्ने बताए।

प्याब्सनका अध्यक्ष बाबुराम पोख्रेलले २०२८ सालको शिक्षा नीतिले २०६९ सालको शिक्षा चलाइरहेको उल्लेख गर्दै यसमा तत्काल सुधारको आवश्यकता औल्याए। उनले १० वर्षे द्वन्द्वको प्रभाव, बन्द हडताल, हतारमा उत्तर पुस्तिकाको परीक्षण, दाताले शिक्षा मन्त्रालय चलाउने प्रणाली, राजनीतिक हस्तक्षेप, अव्यावहारिक शैक्षिक सत्र, अधिकारसम्पन्न प्राधानाध्यापक नहुँदा शिक्षा क्षेत्रमा समस्या देखिएको बताए।

शिक्षाविद् तीर्थ खनियाँले परीक्षालाई व्यावसायिकरुपमा अगाडि बढाउनुपर्ने भन्दै नतिजा कम हुनुको जिम्मेवारी शिक्षा मन्त्रालयले नै लिनुपर्ने बताए। उनले परीक्षा बोर्ड विज्ञहरु नहुँदा समस्या भएकोमा जोड दिँदै परीक्षण गरिएको ५ सय उत्तरपुस्तिका पुन: परीक्षण गरेर हेरे परीक्षा प्रणालीमा भएका सम्पूर्ण कमजोरी गल्ती पत्ता लाग्ने बताए।

शिक्षाविद् विद्यानाथ कोइरालाले परीक्षाको नतिजाले विद्यालय सुधार योजना असफल भएको प्रमाणित भएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी शिक्षकहरुले लिनुपर्नेमा जोड दिए। उनले भने– अभिभावक, शिक्षक र सुरक्षाकर्मी चिट चोराउन जान्छौं अनि त्यसको जिम्मेवारी कसले लिने? गल्ती स्वीकारेर अगाडि बढ्नु पर्छ। उनले परीक्षामा अनुत्तीर्ण हुनेका लागि अब सरकारले खुल्ला विद्यालयको अवधारणाका आधारमा अगाडि बढाउनुपर्ने पनि सुझाव दिए।

शिक्षाविद् मनप्रसाद वाग्लेले जिम्मेवार पदमा बस्ने नेतृत्वदायक व्यक्तिको गैरजिम्मेवारपनका कारण शिक्षा क्षेत्र अस्तव्यस्त बन्न पुगेको भन्दै एसएलसीको नतिजा कम आउनुमा शिक्षकको कमजोरी प्रमुख रहेको बताए। उनले १० वर्षमा एक विद्यार्थी बराबर चार लाख रुपियाँ लगानी भए पनि पद्धति हुन नसक्दा शिक्षा नीति नै असफल बनेको बताए।

हिसानका अध्यक्ष उमेश श्रेष्ठले विद्यार्थी फेल हुनु भनेको सरकारको सिष्टम नै फेल हुनु भएको दावी गर्दै यसको जिम्मेवारी सबै पक्षले लिनुपर्ने बताए। उनले भने– जस्तो पढायो, त्यस्तो रिजल्ट आउने हो। १४० दिन पढाएर हुँदैन, २२० देखि २४० दिनसम्म पढाउनुपर्छ।

नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर क्षेत्रीले परीक्षाको नतिजा कम आउनुको कारण शिक्षकलाई थोपरेर कोही पनि उम्कन नपाउने चेतावनी दिँदै विद्यालयमा भौतिक सामग्री अभाव, कुशल व्यवस्थापनको कमजोरी, द्वन्द्वको प्रभाव र विद्यार्थीलाई फेल गराउन नपाउने व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।

एन प्याब्सनका महासचिव ऋतु सापकोटाले शिक्षा क्षेत्रको सुधारका लागि वर्षमा ५१ हप्ता मौन रहने र एसएलसीको नतिजा प्रकाशन भएपछि एक हप्ता मात्रै बहस गरेर केही पनि सुधार हुन नसक्ने धारणा राखे।

नेपाल शिक्षक सङ्घका अध्यक्ष मोहन ज्ञवालीले गत वर्ष १२६ दिन बन्द भएर पनि ४७ प्रतिशत नतिजा आउनुलाई सकारात्मकरुपमा लिँदै परीक्षाको समयसम्म पनि पाठ्यपुस्तक पुग्न नसक्नुको दोष शिक्षा मन्त्रालयले लिनुपर्ने बताए। उनले शिक्षकले राष्ट्रको दोस्रो दर्जाको नागरिकका रुपमा लिने प्रथाले पनि शिक्षा क्षेत्रमा आशातित सुधार हुन नसकेको गुनासो पोखे।

उनीहरुले रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा यस्तो धारणा राखेका हुन।
प्रतिक्रियाहरू (1)Add Comment
0
raja sukubhattu
June 14, 2012
89.211.40.66
भोट: +0
...

Yeautaa Kaaran Facebook ra mobile pani ho. Student ko interest studyma bhanda Facebookma bhayapachi result ulto hunu ta pakka ho.
Ani school management ko naafamukhi business ra Education Ministryko ghuskhori niti pani karan ho. Jasko karan bhayapani akhir marne ta ti garib baau aama nai ho jasle aadha pet khayara afno santan boarding schoolma padhayako hunchha.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता