Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

पोखरामा भोलिदेखि शैक्षिक मेला

E-mail Print
(0 votes, average 0 out of 5)
मनोज घर्तीमगर, पोखरा, जेठ ३२- उच्च शिक्षाबारे भरपुर जानकारी दिने उद्देश्यका साथ पोखरामा शुक्रबारदेखि तीन दिने शैक्षिक मेला सुरु हुँदैछ। पोखरा प्रर्दशनी केन्द्रमा असार तीन गतेसम्म सञ्चालन हुने सफ्टवेरिका ११औं हाइअर एजुकेशन एण्ड करिअर फेयर २०१२ को सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ।
 

रिपब्लिका दैनिकको प्रस्तुति र डिरेक्सन नेपालको आयोजनामा हुने मेला भर्खरै एसएलसी पास भएका र दस जोड दुई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै मेला सञ्चालनमा आउन लागेको हो।

मेलामा उच्च शिक्षाबारे अन्यौल रहेका तथा अध्ययनमा लागि विदेश जान चहाने विद्यार्थीका लागि आवश्यक परामर्श दिने मेला संयोजक सुनिल महर्जनले जानकारी दिए। 'विशेषगरी एसएलसी पास भएका र प्लस टु दिएर बसेका विद्यार्थीलाई लक्षित गरिएको मेला हो,' उनले भने, ‘मेलामा आएका विद्यार्थीले कुन कलेजमा पढ्ने, कुन विषय पढ्ने लगायतका थुप्रै विषयमा जानकारी हाँसिल गर्नेछन्। उनीहरु मेलामा आए धेरै फाइदा हुनेछ।'

मेलामा कलेज भर्ना, शुल्क, सेवा सुविधा, विषय र स्कोपबारे समेत विद्यार्थीका जिज्ञासा मेटाइने उनले बताए। मेलामा काठमाडौं र पोखरा गरी करिब ५५ वटा कलेजले सहभागिता जनाउने जानकारी दिए। तीमध्ये ६० प्रतिशत काठमाडौं र ४० प्रतिशत पोखराका कलेजको सहभागिता हुनेछ।

विभिन्न कलेज, शैक्षिक परामर्श, ल्याङ्गग्वेजका संस्थाको समेत उल्लेख्य सहभागिता रहनेमा मेलामा मेडिकल इञ्जिनियरिङ, नर्सिङ, सूचना तथा सञ्चार, एअर होस्टेज, सिए, ट्राभल एण्ड टुरिजम होटेल म्यानेजमेण्ट, फेशन डिजाइनिङ, लगायतका पाठ्यक्रममा जानकारी दिइनेछ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा विद्यार्थीले चाहेमा त्यही भर्ना लिइने र निःशुल्क दन्तशिविर पनि हुने आयोजकले जानकारी दिए।

प्रतिक्रियाहरू (1)Add Comment
0
Kalyan Thapa
June 14, 2012
213.130.118.162
भोट: +0
...

bidhyalaye taha lai sahayog garine gari mela aayojana garana. SLC ma pass pratisat ghateko 6 tesprati chinta chhaina.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता