उनी जेठ १७ गते लाङटाङ राष्ट्रिय निकुञ्जको पदयात्रामा निस्किएकी थिइन्। उनले निकुञ्ज कार्यालयमा आफू लाङटाङ पदयात्रामा निस्केकी उल्लेख गरेकी थिइन्। बिनागाइड हिँडेकी उनी पथपर्दशक नभएकै कारण जानकारी अभावमा बाटो नचिनेर गोसाइकुण्डतर्फ लागेको हुनसक्ने रसुवाका डिएसपी अच्युतप्रसाद पुडासैनीले बताए।
उनको खोजीमा १३ दिनदेखि प्रहरी र नेपाली सेनाको टोली त्यस क्षेत्रमा परिचालित थिए। उनको खोजीका लागि आफन्तसमेत बेल्जियमबाट रसुवा आइपुगेका थिए। शव बुझेर म्याभ्युका आफन्तले बिहीबारै हेलिकप्टरबाट काठमाडौं लगेका छन्। लामटाङ निकुञ्ज क्षेत्रमा पर्यटक हराइरहन्छन्। गत वर्ष पदयात्राकै क्रममा हराएकी अमेरिकी नागरिक अझै भेटिएकी छैनन्।
प्रतिक्रियाहरू (0)
