बिकेभीएमका प्रिन्सीपल रविन दाहालले अरुण कक्षाका राम्रा र लगनशिल विद्यार्थी हुन। ‘बोर्डमा आउँछ भन्ने आशा थियो'-दाहालले नागरिकसँग भने। अरुणले गत साल राष्ट्रव्यापी विद्यालयस्तरीय हाजरीजवाफ प्रतियोगितामा समेत दोश्रो भए। ‘अतिरिक्त कृयाकलापमा पनि अरुणको राम्रो दखल छ'-दाहालले भने। बिकेभीएमबाट एसएलसी दिएका एकसय ३२ विद्यार्थी मध्ये ६२ जना विशिष्ठ श्रेणी र बाँकी प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन्। २०६७ सालको एसएलसी परीक्षाको नतिजामा बिकेभीएमकै छात्र राकेश गिरीले ९३.१२ प्रतिशत पूर्णाक ल्याएर ‘बोर्ड फस्ट' भएका थिए।
विराटनगरस्थित कोसी विद्या मन्दिरका आवेशजंग कार्कीले सातसय ५६ अंकसहित एसएलसी उत्तिर्ण भई बोर्ड सेकेण्डको दाबी गरेका छन्। कालिकोटे र कार्की पढ्ने विद्यालयले बिहीबार कार्यक्रमको आयोजना गरी बधाई दिएका छन्। ‘परीक्षाकै बेला रातभर पढ्ने र घोख्ने वानीले सफलता पाइँदैन'-कार्कीले भने,‘परीक्षामा सर्वात्कृष्ट आउनका लागि निश्चित समयमा निरन्तर पढनुपर्छ।'
विराटनगर-१२ का निवासी कार्कीको बुबाआमा भिष्मजंग-अनुजा काठमाण्डौमा कपडाको ब्यवसाय गर्छन। उनी बुवा-आमाका एक्ला छोरा हुन्। उच्च शिक्षामा विज्ञान विषय पढेर इन्जीनियर बन्ने लक्ष्य रहेको कार्कीले सुनाए। कोसी विद्या मन्दिरमा प्रिन्सीपल ओम निरौलाका अनुसार छात्र कार्की पढाईसंगै अतिरिक्ता कृयाकलापमा पनि अब्बल हुन। ‘विद्यार्थीका लागि खेलकुद र अतिरिक्त कृयाकलाप चाहिन्छ भनेर उनले सधै कक्षामा वकालत गर्थे'-निरौलाले भने।
फेल छात्राद्वारा आत्महत्या
एसएसलसी परीक्षामा असफल भएको झोंकमा विराटनगरकी एक छात्राले बिहीबार आत्महत्या गरेकी छन्। विराटनगर-२० रानीकी मधु देवानले विहीवार विहान विष सेवन गरी आत्महत्या गरेकी हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय श्रीराम उच्च माविबाट एसएलसी परीक्षा दिएकी देवानले परीक्षाको रिजल्टमा तीन विषयमा फेल भएको थाह पाएपछि आत्महत्या गरिन। उनले लामखुट्टे मार्न प्रयोग हुने बिषाधी सेवन गरेर ज्यान फँयालेको प्रहरीको भनाई छ।
