कञ्चनपुरमा एसएलसी नतिजा खस्किँदै

E-mail Print
(0 votes, average 0 out of 5)
विक्रम गिरी, महेन्द्रनगर, असार १- चार वर्ष यता कञ्चनपुरमा प्रवेशिका परिक्षा (एसएलसी) को नतिजा खस्किदै गएको छ। २०६५ सालमा जिल्लामा ६५ प्रतिशत विद्यार्थी एसएलसीमा उत्तिर्ण भएका थिए। त्यसयता उत्तिर्ण प्रतिशत खस्किदै गएको छ। २०६६ मा ४६ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए। गत वर्ष एसएसलीको परिक्षाफल २९ दशमलव ७ प्रतिशत थियो। यो वर्ष कञ्चनपुरवाट ३२ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन्। अघिल्लो वर्षको भन्दा तीन प्रतिशत बढी विद्यार्थी एसएलसीमा उत्तिर्ण भएपनि उक्त परिणाम न्यून नै मानिन्छ। नौ हजार पाँच सय तीन विद्यार्थीले परिक्षा फारम भरेका थिए। तर सात हजार पाँच सय ८० विद्यार्थी मात्रै परिक्षामा सहभागि भए।

 
जिल्ला शिक्षा कार्यालयका अनुसार परिक्षामा जिल्लाका एक सय ४६ विद्यालयका विद्यार्थी सहभागि थिए। गत वर्ष एक सय ३० विद्यालयको सहभागिता रहेको थियो। यो वर्ष एसएलसीमा ७८ विद्यार्थी विशिष्ठ श्रेणी, सात सय १६ जना प्रथम श्रेणी, एक हजार तीन सय ८० द्वितीय श्रेणी र दुई सय ५३ जना विद्यार्थी तृतीय श्रेणीमा उत्तिर्ण भएका छन्। जिल्ला शिक्षा अधिकारी शिवरा उप्रेतीका अनुसार परिक्षामा सहभागि विद्यार्थी संख्या गत वर्षको भन्दा चार सय १५ घटी छ। परिक्षा फारम भरेर पनि एक हजार नौ सय २३ विदार्थी परिक्षामा अनुपस्थित रहे। 'परिक्षामा कडाई गरिएका कारण उत्तिर्ण प्रतिशत घटेको हो' शिक्षा अधिकारी उप्रेतीले भने। यो वर्ष अन्य वर्षको तुलनामा परिक्षा मर्यादित र शान्तिपूर्ण वातावरणमा सञ्चालन भएको उनले बताए।

पहाडी जिल्ला बाजुरामा ५४ दशमलव ३२ प्रतिशत विद्यार्थी उर्त्तिण भएका छन्। नियमित तर्फका दुई हजार ६ सय ३६ जना परीक्षार्थी मध्ये एक हजार ४ सय ३२ जना परिक्षार्थी उत्तिर्ण भएका छन्। जिल्ला शिक्षा कार्यालय बाजुराका अनुसार ४ जना विशिष्ठ श्रेणी, तीन सय २१ जना प्रथम श्रेणी, एक हजार १३ द्धितीय तथा ९४ जना तृतीय श्रेणीमा उर्त्तिण भएका छन्। एक्जाम्टेड तर्फ एक सय ९ जना द्धितीय श्रेणी र २६ जना तृतीय श्रेणीमा उर्त्तिण भएका छन्। एक्जामटेडड तर्फ तीन सय २७ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए। बाजुरामा अघिल्लो वर्षको तुलनामा यो वर्ष्गा एसएलसी उत्तिर्ण ७ प्रतिशतले घटेको छ। निमित्त जिल्ला शिक्षा अधिकारी कृष्ण कुँवरले गत वर्ष बाजुरामा ६१ प्रतिशत विद्यार्थी उर्त्तिण भएको बताए।

यस्तै बैतडीमा एसएलसीमा ५४ दशमलव २६ प्रतिशत तथा दार्चुलामा २३ दशमलव ४९ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन्।

एसएलसी सिध्याएकाहरुको पहिलो रोजाई राजधानी
वर्षेनि एसएलसी उत्तिर्ण भएका विद्यार्थीहरुको पहिलो राजाई राजधानी नै हुने गरेको पाइन्छ। कञ्चनपुरवाट एसएलसी उत्तिर्ण गर्ने ६० देखी ७० प्रतिशत विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागी राजधानीतीर लाग्ने गरेका छन्। प्रायः आर्थीक अवस्था विल भएकाहरु दश जोड दुई कक्षा पढ्न राजधानी हान्निने गरेका छन्। 'राजधानीमा कलेज छानी-छानी पढ्न पाइन्छ' महेन्द्रनगरवाट एसएलसी उत्तिर्ण गरेका दिपक भट्टले भने, 'खर्च गर्नु-गर्नु राम्रै ठाउँमा गर्ने नी।' राजधानीमा खर्च गरे अनुसारको ज्ञान प्राप्त गर्न सकिने अवस्था रहेको उनको ठम्याई छ। एसएलसी परिक्षा दिए लगत्तै विभिन्न कोर्सको तयारी गर्न राजधानी धाउनेको संख्या पनि अत्यधिक छ। कतपियले यही समयमा राजधानीमा रहेका शैक्षिक संस्थाहरुको वारेमा जानकारी लिने काम गर्छन।

केही वर्षयता राजधानीकै शैक्षिक संस्थाहरुको मापदण्डलाई लक्षित गरी महेन्द्रनगरमा पनि विभिन्न क्याम्पसहरु स्थापना गरिएका छन्। विज्ञान संकायमा भर्ना हुन चाहने विद्यार्थीको पहिलो रोजाई रेडियण्ट उच्च मावि हुने गरेको छ। २०५७ मा स्थापना हुँदा यस उच्च माविमा आइएस्सीमा ८६ जना भर्ना भएका थिए। अहिले उक्त संख्या बढेर तीन सय नाघेको छ। 'शुरुवातमा एउटा समूह बनाएर पठनपाठन सुरु गर्‍यौं' रेडियण्ट उच्च माविका प्राचार्य डाक्टर मानदेव भट्टले भने, 'गत वर्ष त ६ वटा समूह बनाउनुपर्‍यो।' वर्षेनि पढ्न आउने विद्यार्थीको संख्या बढ्दै गएको उनले बताए। वाणिज्य संकायको समेत पठनपाठन हुने यस उच्च माविमा ४० जना अनुभवी प्राध्यापकहरुले प्राध्यापन गर्छन्। आइएस्सी पहिलो वर्षको २३ हजार ८ सय तथा दोस्रो वर्षको १८ हजार पाँच सय वार्षीक शुल्क लिने गरेको उच्च माविका लेखापाल हरिशचन्द्र जोशीले बताए।

विज्ञान संकाय पढ्न सनराइज पब्लिक पनि विद्यार्थीको रोजाईमा परेको अर्को उच्च मावि हो। कञ्चन विद्या मन्दिर, इन्टरनेशनलमा समेत विज्ञान संकायको पढाई हुन्छ। शिक्षाशात्र संकाय पढ्न चाहनेहरुका लागी जनज्योती उच्च मावि, जनशिक्षा, वालजागृती, भृकुटी उच्च मावि रोज्छन। २०५८ सालमा आइएडको पठनपाठन थालेको जनज्योतिमा प्रारम्भमा एक सय १४ जना भर्ना भएका थिए। यो संख्या बढेर २०६३ मा चार सय ४६ पुग्यो। 'स्तर वृद्धी गर्दै गएपछि पढ्न आउनेको संख्या बढ्दै गएको छ' जनज्योती उच्च माविका प्राचार्य हरिसिँह खातीले भने। यहाँ शिक्षाशात्र संकायको स्नातकोत्तर तहसम्मको पढाई हुन्छ। दश जोड दुईमा पाँच सय भन्दा बढी विद्यार्थी गत वर्ष भर्ना भएका थिए। दश जोड दुई पहिलो वर्षमा भर्ना हुन आउने विद्यार्थीवाट उच्च माविले सात हजार रुपैंया शुल्क लिने गरेको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता