छानविनको माग गर्दै भोलिदेखि न्यायिक निकाय दुई घन्टा बन्द

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौँ, जेठ ३२ - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्नेलगायतका माग गर्दै आएका कर्मचारीले भोलि असार १ गतेदेखि ८ गतेसम्म विरोधस्वरूप दुई घन्टा न्यायालय बन्द गर्ने भएका छन्।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका विभिन्न कर्मचारी सङ्घसङ्गठनले भोलिदेखि आठ दिनसम्म बिहान १० देखि १२ बजेसम्म काठमाडौँ उपत्यकाका सम्पूर्ण अदालत तथा न्यायिक निकायमा एक घन्टा कलम बन्द गर्ने भएका हुन्।

यही जेठ २३ गतेदेखि २६ गतेसम्म हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका कर्मचारीले जेठ २८ गतेदेखि आजसम्म प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म कार्यालय बन्द गर्दै आएका थिए।

सर्वोच्च अदालतका पूर्व वा बहालवाला न्यायाधीशको अध्यक्षतामा न्यायाधीश बमको हत्याका सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने, उहाँलाई सहिद घोषणा गरिनुपर्ने, हत्यारालाई कडा कारबाही गरिनुपर्ने, सो घटनामा परेका अन्य घाइतेलाई राज्यका तर्फबाट निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने र न्यायाधीश तथा कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनुपर्नेजस्ता माग कर्मचारीले अघि सारेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रसेवक कर्मचारी सङ्गठन र राटि्रय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले विज्ञप्ति जारी गरी आफ्ना माग सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

यही जेठ १८ गते अज्ञात हतियारधारी समूहले ललितपुरको शंखमूल नजिक उनीमाथि गोली प्रहार गरी हत्या गरेको थियो।रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता