पूर्वाञ्चलमा ३४ प्रतिसत विद्यार्थी पास

E-mail Print
(1 vote, average 5.00 out of 5)
सिद्धराज राई, धनकुटा, असार १- यस वर्षको एसएलसी परीक्षामा पूर्वञ्चलबाट ३४.७९ प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा सामेल ९३ हजार ८१२ विद्यार्थीमध्ये ३२ हजार ६४० जना मौ उतीर्ण भएको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ। निर्देशनालयले दिएको जानकारी अनुसार विशिष्ट श्रेणीमा २ हजार १५९ जना, प्रथम श्रेणीमा १२ हजार ६४८ जना, दोस्रो श्रेणीमा १६ हजार ५८ जना र तेस्रो श्रेणीमा १ हजार ७७५ जना विद्यार्थी उतीर्ण भएका छन्। यो संख्या गएको वर्षभन्दा करिब १० प्रतिसतले कम हो। गत वर्ष ४४ प्रतिसत विद्यार्थी पूर्वाञ्चलबाट उतीर्ण भएका थिए। त्यस्तै २०६६ को एसएलसी परीक्षामा पूर्वाञ्चलबाट ६१ प्रतिसत विद्यार्थी उतीर्ण भएका थिए।


 
शिक्षा निर्देशनालयले दिएको जानकारीअनुसार पूर्वाञ्चलमा सबैभन्दा बढी ताप्लेजुङ जिल्लाले ६४.६० प्रतिसत विद्यार्थी उतीर्ण गराएको छ। परीक्षामा सामेल भएका २ हजार ७१२ जना मध्ये ताप्लेजुङबाट १ हजार ७५२ जना परीक्षार्थी उतीर्ण भएको छन्। त्यस्तै सवै भन्दा कम तेह्रथुम जिल्लाबाट १५.७० प्रतिसत मात्रै विद्यार्थी उतीर्ण भएका छन्। त्यसैगरी पाँचथर जिल्लामा ४५.०४ प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा सामेल भएका ४ हजार ६१४ जना मध्ये २ हजार ७८ जना विद्यार्थी उतीर्ण भएका छन्। इलाम जिल्लाबाट परीक्षामा सामेल ४ हजार ७४९ जनामध्ये ९८७ जना अर्थात् २०.७८ प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्।

झापा जिल्लाबाट ४६.८७ प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा सामेल भएका १३ हजार ९६५ जना मध्ये झापाबाट ६ हजार ५४५ जना परीक्षार्थी उतीर्ण भएका छन्। संखुवासभा जिल्लाबाट ४०.५४ प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्। २ हजार १५१ जना विद्यार्थी परीक्षामा सामेल भएका मध्ये ८७२ जना परीक्षार्थी उतीर्ण भएको छन्। भोजपुर जिल्लाबाट १८.७७ प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा सामेल भएका ३ हजार २२४ जना मध्ये ६०५ जना मात्रै उतीर्ण भएका छन्। मोरङ जिल्लाबाट १५ हजार ४८४ जना विद्यार्थी परीक्षामा सामेल भएका मध्ये ६ हजार ९५३ जना विद्यार्थी उतीर्ण भएका छन्। मोरङबाट ४४.९० प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्।

सुनसरी जिल्लाबाट परीक्षामा सामेल भएका १० हजार ८४३ जना विद्यार्थीमध्ये ४ हजार २ सय ८६ जना विद्यार्थी उतीर्ण भएका छन्।सुनसरीबाट ३९.५३ प्रतिसत विद्यार्थी उतीर्ण भएको पुर्वाञ्चल क्षत्रिय शिक्षा निर्देशनालयले जानकारी दिएको छ। सोलुखुम्बु जिल्लाले २५.३७ प्रतिसत विद्यार्थी उतीर्ण गराएको छ। परीक्षामा सामेल भएका १ हजार ७५० जना मध्ये ४४४ जना परीक्षार्थी उतीर्ण भएका छन्। खोटाङ्ग जिल्लाबाट १८.२० प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा सामेल भएका ४ हजार ६९९ जना मध्ये ८५५ जना परीक्षार्थी उतीर्ण भएको छन्। ओखलढंगा जिल्लाले ३२.१४ प्रतिसत विद्यार्थी उतीर्ण गराएको छ। परीक्षामा सामेल भएका २ हजार ६४५ जना मध्ये ८५० जना परीक्षार्थी उतीर्ण भएको छन्। उदयपुर जिल्लाबाट १७.४४ प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा सामेल भएका ६ हजार ७४५ जना मध्ये १ हजार १७६ जना परीक्षार्थी उतीर्ण भएका छन्।
सप्तरी जिल्लाले ३४.०९ प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा सामेल भएका ७ हजार ३६८ जना मध्ये २ हजार ५१२ जना परीक्षार्थी उतीर्ण भएका छन् र सिराह जिल्लाबाट १८.३० प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा सामेल भएका ७ हजार ५५३ जना मध्ये १ हजार ३८२ जना परीक्षार्थी उतीर्ण भएका छन्
धनकुटा जिल्लामा यस बर्षको एसएलसी परीक्षामा ३१. ६३ प्रतिसत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा सहभागी ३ हजार १९६ जना विद्यार्थी मध्ये १ हजार ११ जना मात्रै विद्यार्थी उतीर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। त्यस्तै धनकुटामा ३ वटा विद्यालय निल भएका छन्। खोकुको कन्यादेवी माध्यमिक विद्यालय, चनुवा माध्यमिक विद्यालय चानुवा र भाषा उच्च माध्यमिक विद्यालयमा रहेको खुल्ला विद्यालयले एक जना पनि विद्यार्थी उतीर्ण गराउन सकेनन्। त्यसै गरी धनकुटाको सामुदायिक विद्यालय तर्फ शारदा माध्यमिक विद्यालय हात्तिखर्कले सतप्रतिसत विद्यार्थी उतीर्ण गराउन सफल भएका छन्। यस विद्यालयबाट परीक्षा दिएका २० जना विद्यार्थी मध्ये ८ जना प्रथम श्रेणीमा र १२ जना दोस्रो श्रेणीमा उतीर्ण भएको जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीले बताए।
पुर्वाञ्चलमा अंग्रजी, गणित र विज्ञान विषयमा धेरै विद्यार्थीहरु फेल भएका छन्। यी विषय धेरै प्रयोगात्मक भएकाले विद्यार्थीको मेहनत नहुनु र गाउँका विद्यालयमा पर्याप्त शैक्षिक सामग्री नभएकाले धेरै विद्यार्थी फेल भएको पुर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक खगेन्द्र नेपालले बताए। पहाडी क्षेत्रमा अंग्रजी, गणित र विज्ञान पढाउने दक्ष शिक्षक नपाउने, शिक्षकको लागि विज्ञापन गर्दा कोही पनि नआउने र काम चलाउ शिक्षक खोजेर ल्याउनु पर्ने अवस्था भएकाले धेरै विद्यार्थी फेल भएको हुन सक्ने उनले बताए।
त्यस्का साथै यस बर्ष देखि परीक्षाको होम सेन्टर हटाउनु र परीक्षालाई मर्यादित बनाईएकाले रिजल्टमा असर गरेको उनले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता