Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

सडक बालकले ल्याए विशिष्ट श्रेणी, चितवनमा ६१.४८ प्रतिशत उतिर्ण

E-mail Print
(0 votes, average 0 out of 5)
चाँदनी हमाल, चितवन, असार १- आमाबाबु दुबैले छाडेर सडकमा पुगेका १७ वर्षीय गोपाल लामा यस वर्षको एसएलसीमा विशिष्ट श्रेणीमा उतिर्ण भए। बाल्यकालको सुनौला क्षणहरु सडकमै बितेपनि पढ्ने अवसर पाएपछि उनले एसएलसीमा विशिष्ट श्रेणी ल्याएका हुन्।

 

सिम्बोल नम्बर ०३४७२००ख बाट परिक्षा दिएका उनले ८३.१२ प्रतिशत अंक ल्याएका छन्। सडक बालबालिकाको रेखदेख गर्ने नारायणगढ स्थित हाम्रो घरमा बसेर उनले एसएलसी दिएका थिए। 'मलाई त फस्ट डिभिजनसम्म आउछ जस्तो लागेको थियो बिहीबार नागरिकसँग गोपालले खुसी साट्दै भने तर अरुले डिष्टिगंसन नै आउछ भन्थे साँच्चै आयो।'

भविष्यमा सफल चिकित्सक बन्ने लक्ष्य बोकेका उनी सडकका कुरा सम्झन चाहन्नन्। चितवनमै बुबाले आफु गर्भमै छँदा अर्की आमा ल्याए। अनि आमाले आफु जन्मेको केही वर्षमै अर्को बिहे गरिन। त्यसपछि परिवार बिहिन भएर सडकमा पुगेका उनले सानैमा अरुका घरमा भाँडा पनि माझे। भाँडा माझ्दै कहिले काठमाडौं र कहिले चितवनमा बिते उनका बाल्यकाल। अरुको घरमा कामगर्दा भोगेको पिडाले नै पढाईको महत्व सम्झाएको उनी बताउछन्। 'आमासँगै हुँदा कहिलेकाँही स्कुल गएको सम्झना छ उनी सम्झन्छन तर हाम्रो घरमै आएपछि राम्ररी पढ्न पाएँ।' नारायणगढको बालकुमारी माविबाट एसएलसी दिनेमध्ये पाँचजनाले विशिष्ट श्रेणी ल्याएका थिए। विशिष्ट श्रेणी ल्याउनेमा अंकका आधारमा उनी दोस्रो नम्बरमा पर्छन्।

सबैभन्दा मनपर्ने विषय गणीत भएको बताउने उनको गणितमै ९७ नम्बर प्राप्त भएको छ। इन्टरनेटमा हेरेको नम्बर उनी सुनाउँछन् ऐच्छिक गणितमा ९२, अंग्रेजीमा ७८, नेपालीमा ७५, सामाजिकमा ७०, जनसंख्यामा ८२ र विज्ञानमा ८० आएको छ। पढाईसँगै उनलाई चित्रकलामा राम्रो रुचि छ। चित्र बनाएरै उनले गत वर्षको चितवन महोत्सवमा दोस्रो स्थान हात पारेका थिए। चित्रमा मलाई पु्रकृतीसँग खेल्न मनपर्छ उनी आफ्नो शोखका बारेमा बताउछन् घर परिवार र समाज पनि चित्रमा देखाउन मन पर्छ। शान्तिको प्रतिक परेवा उडेका चित्र, ध्यानमग्न बुद्ध र अरु देवीदेवताका सुन्दरचित्र कोरेका छन् उनले। विदेशमा रहेका आफ्ना श्रीमान सम्झेर बसेकी श्रीमतीको चित्रमा उनले कल्पना र सिर्जनशिलता पोखेका छन्। 'मेरो शोखको चित्रकारितालाई डाक्टर बनुन्जेलसँगै अघि बढाउछु' ,गोपाल थप्छन्। स्कुलमा अनुशासनको राम्रो विद्यार्थी रहेका उनले प्रतियोगितामा सामेल भएर ३४ पुरस्कार पाईसकेका छन्। अंग्रेजी लेखन होस वा वक्तित्वकला ,चित्रकला र निवनधलेखन सधै पहिलो वा दोस्रो हुने गरेको हाम्रो घरकी आमा गंगा सिग्देल बताउँछिन्।

'२०६३ सालमा कक्षा पाँचमा भर्ना गरेदेखि पढ्नमा कहिल्यै कर गर्नुपरेन तिमल्सीना गोपालको बारेमा बताउछिन् आफ्नो पढाई सकेर मात्र बाहिर निस्कन्थ्यो।' सडक बालकले एसएलसी पास गरेको पहिलो भएको उनको दाबी छ। 'राम्रो सोच भएकाले सडकमा रहेका बालबालिकाको भविष्य हेरिदिए उनीहरु देशकै सक्षम नागरिक बन्न सक्छन् उनी भन्छिन् यसको उदाहरण गोपाल नै हो।' गोपाललाई राम्रो विशिष्ट शिक्षा दिन आर्थिक अभाव रहेको उनले बताइन्।

हाम्रो घरमा अर्को वर्ष पनि दुईजना एसएलसी दिने तयारीमा छन्। सुरज किरण र नविन किरण अहिले दशकक्षामा पढ्दैछन्। घरका सबैको थर किरण राखेर एउटै परिवारको रुप संस्थाले दिएको छ। चौधजना बालबालिका शिशुकक्षादेखि नौकक्षासम्मका बालबालिकालाई अरुसंस्था र स्थानियको सहयोगमा पालनपोषण गरिएको छ। चितवनमा २ हजार आठसय बालबालिका बालश्रमिक रहेर पढाईबाट वञ्चित छन्।

चितवनको उतिर्ण प्रतिशतमा सुधार
चितवनमा १२ हजार ५ जना एसएलीमा सहभागी भएकोमा ७ हजार ४ सय २४ विदार्थी उतिर्ण भएका छन्।
देशको पास प्रतिशत घटेपनि चितवनमा भने सुधार हुादै ६१ दशमलब ८४ प्रतिशत बिद्यार्थी उतिर्ण भएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए । जसमध्ये ७ सय ८४ जना बिशिष्ठ श्रेणी, ३ हजार २५ पहिलो श्रेणी, ३ हजार ३ सय ४५ दोस्रो र २ सया ६६ बिद्यार्थी तृतिय श्रेणीमा उतिर्ण भएका छन्।त्यस्तै एक्जाम्जेड तर्फ १२ सय ८६ ले परीक्षा दिएकोमा ३ सय ४८ विद्यार्थी उतिर्ण भएका छन्। एसएलसी परीक्षामा आफ्नो विद्यार्थीले जिल्लामा राम्रो नतिजा ल्याएको दाबी विद्यालयहरुले गरेका छन्।

सामुदायिक विद्यालय तर्फ सरास्वती मा.बि मधुपुरीले सतप्रतिसत नतिजा ल्याउन सफल भएको छ। सरास्वति माबिबाट ३२ जना विद्यार्थीले सहभागीता जनाएको प्रधानाध्यापक मीन बहादुर परियारले जानकारी दिए। त्यस्तै नारायणी विशिष्ट मावि भरतपुरले सामुदायिक तर्फ सबैभन्दा राम्रो ९७ दशमलव २७ प्रतिशत विद्यार्थी उतिर्ण गराएको जनाएको छ। त्यसपछि हिमालयन माबि चम्पनगरले ९६.६ प्रतिशत ले परीक्षार्थी उतिर्ण गराएको बताएको छ।

त्यस्तै माडी मावि बसन्तपुर माडीका सुरज ढुङगानाले ८९.३६ नम्बर प्राप्त गरि सामुदायीक बिद्यालय तर्फ विशिष्ट स्थान हाँसिले गरेको विद्यालयका प्रधानाध्यापक चुडामणी तिवारीले दावी गरे। संस्थागततर्फ भने। एसओएस हर्मन माइनर बिद्यालय भरतपुरका विवेक देवकोटाले ९३.३७ प्रतिशत अंक ल्याएर प्रथम भएको विद्यायका प्राचार्य गंगा गुरुङगले बताए। छात्रातर्फ पनि ९०.३७ नम्बर ल्याएर सोही विद्यालयकी नीरु गैरे प्रथम भएको उनले दाबी गरे।

भरतपुर कारागारबाट परीक्षा दिएका तिनबन्दीमध्ये दुईजना पहिलो श्रेणीमा उतिर्ण भएका छन्। शक्तिखोर शिविरबाट परिक्षा दिएका लडाकुहरुमध्ये ५६.१८ प्रतिशत पास भएका छन्। उतिर्ण २ सय ५९ लडाकुमा ४० जना पहिलो,२ सय २ जना दोस्रो र १७ जना तेस्रो श्रेणीमा उतिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता